शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संविधान दिवसका दिन के छापे राष्ट्रिय दैनिक अखबारहरुले ? 

संविधान दिवसका दिन के छापे राष्ट्रिय दैनिक अखबारहरुले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले संविधान घोषणा भएको ३ वर्ष पुरा भएसंगै देखापरेका अवसर र चुनौतीलाई मुख्य प्राथमिकतामा पारेका छन् । 

संविधान सभामार्फत संविधान जारी भएको आज तीन वर्ष पुरा भएको छ । यो बीचमा देशले विभिन्न खाले उतार चडाव र समस्याको समाना गर्नु पर्यो भने र केही सकारात्मक परिणामहरु प्नि देखा परे । संघीयतालाई विधिरुपमा संस्थागत गर्न सफल हुनु, स्थानीय तहमा बलियो सरकार बन्नु, गणतन्त्रात्मक शासन ब्यबस्था बलियो बन्नु, धर्मनिरपेक्षता र समावेशी जस्ता मुद्दाहरुको प्रभावकारी कार्यान्व्यन हुनु संविधानले दिएको उपहार मान्न सकिन्छ । यद्यपी संविधान संसोधननको माग गर्दै मधेसवादी दलहरु अझै पनि अघोषित आन्दोलनमै रहेका छन् । 

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको नागरिक दैनिकले लय समाउँदै मूल कानुन शीर्षकमा खबर छापेको छ भने संविधान घोषणा पछिको घटनाक्रम पनि उल्लेख गरेको छ ।  यस्तै आजको अन्नपूर्ण पोस्ट्ले जटिल अध्याय पूरा, बाधा झेल्दै बढ्दै शीर्षकमा मुख्य प्राथमिकताका साथ खबर लेखेको छ । 

म्याग्दीमा तीन यूवाले एक १५ वर्षीया किशोरीलाई लखेटी लखेटी बलात्कार गरेको र राजधानीमै सामूहिक बलात्कार भएको विषयलाई मुख्य समाचार बनाएको आजको कान्तिपुर दैनिकले संविधानको विषयमा पनि प्राथमिकताका साथ खबर छापेको छ । केन्द्रको उदासिनताले प्रदेश प्रभावहीन शीर्षकमा खबर प्रकाशित छ । 

आजको नयाँ पत्रिकाले भने पश्चिम सेतीबाट चिनियाँ कम्पनी बिदा शीर्षकमा मुख्य समाचार छापेको छ । सात वर्षमा सक्ने भनिएको ७५० मेगावाटको आयोजना सुरु नै नभई साढे ६ वर्षमा खारेज भएको समाचारमा उल्लेख छ । पश्चिम सेती जलविद्युत आयोजनालाई २३ वर्ष विदेशी बन्धक बनाए, जसमा १७ वर्ष अस्ट्रेलिया र साढे ६ वर्ष चिनियाँले झुलाए । नयाँ पत्रिकाले चिनियाँ कम्पनीले अलपत्र पारेका थप आठ ठूला आयोजनाको फिहरिस्त समेत सार्वजनिक गरेको छ ।  

लय समाउँदै मूल कानुन

नागरिक दैनिकमा प्रकाशित खबर अनुसार आफ्नो प्रतिनिधिमूलक संस्थाबाट संविधान लेख्ने २००७ सालदेखिको जनताको चाहना पूरा भएको तीन वर्ष भएको छ । संविधानसभाबाट संविधान लेख्ने जनताको सात दशक लामो सपना २०७२ असोज ३ मा साकार भएको हो।

मधेसी, जनजातिसहित विभिन्न पक्षको असन्तुष्टिबीच तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधान, २०७२ घोषणा गरेका थिए । संघीयता, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, समावेशीता यो संविधानका मूल विषेता हुन्।

तर, संविधान घोषणा गर्ने तत्कालीन राष्ट्रपतिदेखि संविधानसभाका कतिपय सभासदलाई नै यो संविधान कार्यान्वयनमा आउनेमा आशंका र संशय थियो । संविधान घोषणाताका देशभित्रका असन्तुष्टिहरु सडकमा छताछुल्ल भइसकेका थिए भने मित्रराष्ट्र भारतले संविधान घोषणालगत्तै नाकाबन्दी लगाइदियो । त्यतिबेला प्रकट आन्तरिक र बाह्य असन्तुष्टिले संविधानको भविष्यप्रति प्रश्न उठ्नु अस्वाभाविक थिएन।

त्यससँगै संविधान आफैंले तय गरेका कतिपय समय–सीमाले यसको कार्यान्वयनमा जटिलता थपिदिएको थियो । जति असन्तुष्टि र चुनौती भए पनि संविधानले २००७ सालदेखि मुलुकमा भएका सबै आन्दोलन र त्यसका उपलब्धि संस्थागत गर्ने मात्र होइन २०६५ जेठ १५ गते घोषित लोकतान्त्रिक गणतन्त्रको जग बसाउने काम गरेको छ । संविधान जनतामा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा जगाउन सफल भएको छ । आशा र निराशा (आन्दोलन) का बीच मुलुकका प्रमुख राजनीतिक दलहरु नयाँ संविधानलाई व्यवहारमा उतार्न लागिपर्नु सकारात्मक पक्ष हो।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।