काठमाडौं- विश्वकप विजेता एंन्टोनी ग्रिजम्यानले रुस विश्वकपमा गरेको आफ्नो प्रदर्शनपछि आफू उत्कृष्ट शीर्ष स्थानमा रहेको बताएका छन्।
उनी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्तै गोल गर्न सक्दैनन्। तर, उनका अनुसार उनी आफ्नो स्किलका कारण अहिले सम्म शीर्ष स्थानमा रहेको बताएका हुन्।
‘फुटबल हेर्ने विभिन्न तरिका हुन्छन्। यो स्पष्ट छ की म रोनाल्डो, मेस्सी, नेयमार वा केलियन एमबाप्पे भन्दा फरक छु।’ ग्रिजम्यानले भने, ‘म शिर्ष स्थानमा छु र राम्रो गर्न सक्छु। म सबैमा पुरा हुन चाहन्छु। म ५० गोल गर्ने मध्येको हैन। तर, म टिमका लागि अट्रयाकर र टिमलाई सहयोग गर्दछु।’
उनले थपे, ‘मलाई यस्तो लाग्छ की अन्य खेलाडी निश्चित रुपमा मान्ने छैनन्। तर, म राम्रो हुन सक्छ् ।’
उनी बेलोन डि ओर मा नाम सार्वजनिक हुँदा खुसि छैनन्। ‘यस्तो गर्नका लागि केहि छैन्।
यो फिफा पुरस्कार हो र यो लज्जाको बिषय हो की विश्व विजेता कुनै पनि सुचिबद्ध भएका छैनन्। हाम्रो विश्वकप रन उत्कृष्ट थियो । जस्तै एमबाप्पे, भराने र कान्टे। बेलोन डि ओर धेरै प्रतिष्ठित उपाधि हो। तर, यसमा धेरै बिबाद छ। यो मेरो आफ्नो विचार हो। मलाई यस्तो लाग्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४