बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विश्वकप टी-ट्वान्टी छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

विश्वकप टी-ट्वान्टी छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-आइसीसी विश्वकप ट्वान्टी ट्वान्टी छनोट अन्र्तगत एसिया छनोटका लागि नेपालले प्रारम्भिक १८ सदस्यीय टोलीको घोषणा गरेको छ ।

अर्काे महिना मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि तीन सदस्यीय खेलाडी छनोट समितिले मंगबार पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको घोषणा गरेको हो । 

बिहिबारबाट प्रशिक्षण शुरु हुने प्रारम्भिक टोलीमा दीपेश श्रेष्ठ, शाहव आलम र सुनिल धमलाले स्थान बनाएका छन् । हित कुमार पौडेल भने यु–१९ क्रिकेट टिममा छनोट भएका कारण प्रारम्भिक छनोटमा परेनन् ।

विश्व टी–२० क्रिकेट मलेसियामा अक्टोवर ३ देखि १२ तारिख सम्म हुदैछ । समूह ‘बी’ मा रहेको नेपालका लागि अन्तिम १४ सदस्यीय टोलीको घोषणा छिट्टै गरिने खेलाडी छनोट समितिले जनाएको छ ।

खेलाडी छनोट आएसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगट टमाटा र कप्तान पारस खड्काले गरेका हुन् । 

१८ सदस्यीय प्रारम्भिक टोलीमा पर्ने खेलाडीहरुमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, विनोद भन्डारी, दीपेन्द्रसिंह ऐरी, दीपेश श्रेष्ठ, करण केसी, ललित भन्डारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, सागर पुन र सन्दीप लामिछाने रहेका छन् ।

त्यस्तै शाहव आलम, शरद भेषवाकर, सोमपाल कामी र सुनिल धमला छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।