काठमाडौं-गण्डकी प्रदेश र थ्री स्टार एकेडेमी राजधानीमा जारी पाँचौ ढोरपाटन एम-१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
गण्डकी समूह ‘डी’ को विजेता तथा थ्री स्टार एकेडेमी समूह ‘सी’ को विजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएका हुन् । गण्डकीले समूह चरणको अन्तिम खेलमा पाल्पालाई ३-० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो ।
रपाटन क्लबको खेल मैदानमा मंगलबार भएको खेलमा गण्डकीले पहिलो सेटमा २५-१४ को जित निकाल्यो । दोस्रो सेटमा पनि २५-१५ को सहज जित निकाल्दा तेस्रो सेटमा २५-१९ को जित निकाल्यो । गण्डकीले समूहमा शतप्रतिशत जित निकाल्दै समूहको विजेता बिनेको हो ।
यो समूहबाट एक टोलीको टुङ्गो लाग्न बाँकी छ । मंगलबारै भएको पहिलो खेलमा पाल्पाले धादिङमाथि २५-८, २५-११ र २५-८ को सहज जित निकालेको थियो । तर, आफ्नो दोस्रो खेलमा जित निकाल्न सकेन । थ्री स्टारले समूह चरणको अन्तिम खेलमा सुर्यदीप कलेजलाई २५-१६, २५-१३ र २५-१५ ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम आठमा स्थान पक्का गर्यो । डिगार्ड गाउपालिकाले सुर्योदय क्लबमाथि ३-१ कोजित निकाल्यो ।
प्रतियोगिता अन्र्तगत बुधबार समूह चरणका अन्तिम खेलहरु हुनेछ । समूह ‘बी’ को अन्तिम खेलमा सुर्योदय क्लबले एपीएफको सामना गर्नेछ । ढोरपाटन ‘ए’ ले बेल्कु धादिङ, चितवन टाइगरले पाल्पा, सुर्यदीप कलेजले बुढानिलकन्ठ र ग्ल्यासियर कलेजले बडिगार्ड गाउपालिकासँग खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४