शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मुलुकी संहिताको विरोधमा चालक हड्ताल: सडक शून्य, यात्रुलार्इ सास्ती

मुलुकी संहिताको विरोधमा चालक हड्ताल: सडक शून्य, यात्रुलार्इ सास्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- चालकहरुको हडतालका कारण जनकपुरसहित यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। १ भदौदेखि लागू भएको मुलुकी संहिताको विरोध गर्दै चालकहरु आन्दोलनमा उत्रिएका हुन्। 
चालकहरु नै आन्दोलनमा उत्रिएपछि जनकपुरबाट चल्ने लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधन चल्न सकेको छैन्। सार्वजनिक यातायातको साधन सञ्चालनमा हुन नसकेपछि यात्रुहरु अलपत्र परेका हुन्।

सार्वजनिक यातायातका साधनका साथै नीजि यातायातको सवारी साधन पनि चालकहरुले गुडाएका छैनन्। चालकहरुको हड्तालका कारण जीप, कार, ट्रक, ट्रयाक्टरलगायतका साधन चल्न सकेका छैनन्। एम्बुलेन्स सञ्चालनमा रहेपनि एम्बुलेन्स चालकलाई पनि काम बन्द गर्न दबाब आइरहेको जनाइएको छ।

चालकहरुले मुलुकी संहिता ऐनको परिच्छेद ५ र १० प्रति आपत्ति जनाउँदै हडतालमा उत्रिएका हुन्। संहिताको परिच्छेद ५ मा परिचालक अनुमतिपत्र सम्बन्धी व्यवस्था गरिएको छ।

यसैगरी परिच्छेद १० मा सजाय सम्बन्धी व्यवस्था छ। गाडीको ठक्करबाट कुनै मानिसको ज्यान गएमा या गाडी दुर्घटनामा यात्रुको मृत्यु भएको खण्डमा चालकलाई जन्मकैद वा पाँच देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ। सोही परिच्छेदको दफा १६२ मा गाडीमा रहेका यात्रु वा गाडीको ठक्करबाट बाहिरी मान्छे घाइते भइ अङ्गभङ्ग भएमा तीनदेखि १० वर्षसम्म कैद सजायको व्यवस्था छ। 

सरकारले ल्याएको नयाँ कानुनमा चारैतर्फबाट चालक नै दोषी ठहरिने अवस्था देखिएको भन्दै संशोधनको माग गर्दै चालकहरु अनिश्चितकालीन हडतालमा उत्रिएको जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले जनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।