काठमाडौं–नेप्से परिसूचक २.४१ अंकले बढेर एक हजार २५८.८१ विन्दुमा पुगेको छ । नेप्से बजारमा आएका अधिकांश समूहको परिसूचक हरियो भएकोले नेप्से बढेको हो ।
‘क’ वर्गको कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स पनि ०.१६ अंक बढेर २६६.६० विन्दुमा पुगेको छ ।
मंगलबार १६९ कम्पनीको ५ हजार ८७७ कारोबारबाट १५ लाख ५९ हजार ४०२ पटक शेयर खरिद बिक्री हुदा ४६ करोड ६९ लाख ७२ हजार १९६ रुपैयाँको कारोबार भएको छ ।
ननलाईफ इस्योरेन्सको परिसूचक सबैभन्दा बढ्योनेप्से बजारमा आएका ११ समूहमध्ये सबैभन्दा बढी ननलाईफ इन्स्योरेन्स समूहको परिसूचक बढेको छ । उक्त समूहको परिसूचक ७३.९५ अंक बढेर छ हजार १३१.०३ बिन्दुमा पुगेको छ ।
विकास बैंक समूहको परिसूचक १.७१, हाइड्रो पावर समूहको परिसूचक ४२.१२, उत्पादनमुलक समूहको परिसूचक ८.१२, अन्यको २.४२, माइक्रोफाइनान्स समूहको ९.४५ र लाईफ इस्योरेन्स समूहको परिसूचक १९.६१ अंक बढेको छ ।
व्यापार समूहको परिसूचक स्थीर छ भने बैंकीङ, होटेल र फाइनान्स समूहको परिसूचक क्रमशः २.१३, २५.९३ र १.८५ अंक घटेकको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४