काठमाडौं- ‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथगरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८० औं शाखा काठमाडौँको थानकोटमा संचालनमा ल्याएको छ।
असोज १ गते गते बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवातगर्नु भएको छ। उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाकाप्रमुखतथानागरिक समाजकाअगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो।
यो शाखामार्फत ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याँउने लक्ष्य बैंकले राखेको छ।
सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता थानकोट शाखाका प्रवन्धक ध्रुव सुवेदीले व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४