शुक्रबार, वैशाख १४, २०८१

युभेन्ट्समा गोल गरेसँगै रोनाल्डोका चार कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
टुरीन (एनेज्सी)-सुरुवाती तीन खेलमा निकै नै आक्रामक खेल प्रस्तुत गरेपनि गोल गर्न नसक्दा आलोचित बनेका क्रिस्टियानो रोनाल्डोले क्लबका लागि आफ्नो चौथो खेलमा दुई गोल गरे। रोनाल्डोले आइतबार युभेन्ट्सका लागि गोलको खाता खोलेका छन्। 

सुरुवाती तीन खेलमा गोल गर्न नसक्दा रियल म्याड्रिडबाट युभेन्ट्स जाने उनको निर्णय प्रति आलोचना भएको थियो। तर आइतबार एकै खेलमा दुई गोल गर्दै उनले आलोचकहरुको मुखमा केहि हदसम्म बुझो लगाएका छन्। ३३ वर्षीय फरवार्डले युभेन्ट्सका लागि खेलको ५० औं मिनेटमा गोल गरेका थिए।

उनले दोस्रो गोल भने १५ मिनेटपछि नै गरे। उनले खेलमा ह्याट्रिक पनि पूरा गर्ने अवसर पाएका थिए तर सफल हुन सकेनन्। यस खेलमा दुई गोल गरेसँगै रोनाल्डोले ४ यस्तो कीर्तिमान कायम गरेका छन् जुन अन्य खेलाडीले बिरलै राख्न सक्छन्।

४. वर्तमान खेलाडीमध्ये सबैभन्दा बढी गोल

क्रिस्टियानो रोनाल्डो गोल मेसिन हुन् भन्नेमा सायदै दुविधा हुन्छ । ३३ वर्षको उमेरमा पनि रोनाल्डो एक युवा खेलाडी जत्तिकै प्रभावशाली देखिंदै आएका छन्। आइतबार युभेन्ट्सलाई लगातार चौथो जित दिलाउँदा उनले २ गोल गरे। हाल उनको क्लब र देशका लागि कुल गोल संख्या ६ सय ६० पुगेको छ। 

वर्तमान खेलिरहेका खेलाडीमा मेसी ६ सय २१ गोल सहित दोस्रो स्थानमा छन्। त्यसपछि सुचिमा रहेका ज्लाटन इब्राहिमोभिचले ५ सय गोल पुरा गरेका छन्।

३. लिग फुटबलमा ४ सयौं गोल

रोनाल्डोलाई अन्य खेलाडीसँग तुलना गर्न च्याम्पियन्स लिगमा उनले गरेको गोललाई हेर्दा पनि पुग्छ। उनले पछिल्ला ६ सिजनमा युरोपको शीर्ष क्लब प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि आफ्नो नाम गरेका छन्। यसका साथै उनले लिग फुटबलमा पनि आफ्नो गोल गर्ने शैलीमा कायम राखेका छन्। 

आइतबार गरेको दुई गोलसँगै उनले लिग फुटबलमा ४ सय गोलको आँकडा पूरा गरेका छन्। यसक्रममा उनले लिग फुटबलमा ५ सय १७ खेल मात्र खेलेका छन्। सन् २००९ देखि  रियल म्याड्रिडका लागि मात्र उनले ३ सय ११ गोल गरेका छन्।

२. पहिलो गोलका लागि २७ प्रहार

सामान्यतया क्रिस्टियानो रोनाल्डो फरवार्डको भूमिकामा खेल्दा गोल नहुने सम्भावना कम हुन्छ। एक खेलमा नहुँदा अर्को खेलमा त उनले पक्कै गर्छन। रोनाल्डो फरवार्ड खेल्दा विपक्षी गोलरक्षकले बिरलै विश्राम लिने मौका पाउँछन्। यसअघिका लिग खेलमा रोनाल्डोको प्रहारलाई गोलरक्षकले विफल पार्दै आएका थिए। 

तर आइतबार रोनाल्डोले लिगमा गरेको २७ औं प्रहार भने गोलमा परिणत भयो। गत सिजन उनले २८ औं प्रहार गर्दा गोल गरेका थिए र उनको लागि सिजन सफल नै रहयो। यसपटक पनि सोहि क्रम दोहोरिने युभेन्ट्सको अपेक्षा हुनेछ।

१. ४ सय लिग गोल गर्ने इतिहासका पाँचौ खेलाडी

रोनाल्डोले लिग फुटबलमा ४ सय गोल पुरा गर्दै फुटबल इतिहासकै सर्वकालीन महान खेलाडीको माझ आफूलाई उभ्याएका छन्। ३३ वर्षको उमेरमा उनले अझै धेरै फुटबल खेल्न बाँकी छ। युभेन्ट्ससँग नै उनको लामो सम्झौता रहेको छ। 

आउने दिनमा उनले यस सुचिमा रहेका अन्य खेलाडीलाई पनि उछिन्ने प्रबल सम्भावना छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।