बिहीबार, वैशाख १३, २०८१

साढे ३३ केजी सुनकाण्ड: डिएसपी प्रजित केसी पनि रिहा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - साढे ३३ केजी सुन तस्करी र सनम हत्या काण्डमा निल्मबित डिएसपी प्रजित केसी साधारण तारेखमा रिहा भएका छन्। आइतबार उच्च अदालत विराटनगरले उनलाइ साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो।

सुनकाण्डको छानबिनमा त्रुटिपुर्ण अनुसन्धान गरि मुख्य दोषीलाई उन्मुक्ती दिएको आरोपमा गृहमन्त्रालयद्वारा गठित छानबिन समितिले उनलार्इ दोषी ठहर गरी मुद्दा खेपिरहेका निलम्बित डिएसपी प्रजित केसीलाई उच्च अदालत विराटनरले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। न्यायधिशद्‍वय उमेश प्रसाद पौडेल र उमेश कुमार सिंहको संयुक्त इजालासको फैसलाबाट केसी छुटेका हुन। 

अदालती बन्दोबस्तको ४७ नम्बर बमोजिम तारेखमा राखी छोड्न आदेश दिएको उच्च अदालतका रिजष्टार नारायण रेग्मीले जानकारी दिए । केसिले जेष्ठ ८ गते जिल्ला अदालत मोरङको आदेशको पुनरावलोकन गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। 

साधारण तारेखमा डिएसपीलाइ थुनामुक्त गर्न आदेश दिएकै इजलासले अर्का अभियुक्त राम तिवारीलाइ भने ५ लाख धरौटीको आदेश दिएको छ। ५ लाख बराबरको नगद, बैंक ग्यारेन्टी वा जेथा धरौटी बुझाएमा तिवारी रिहा हुने उच्च अदालतका रजिष्टा नाराया रेग्मीले बताए। 
 
यसअघि २९ भदौमा साढे ३३ केजी सुनकाण्ड र सनम हत्या प्रकरणका आरोपी निल्मबित प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीलार्इ साधारण तारेखमा उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको थियो। गत १९ वैशाखमा पक्राउ परेका लोहोनी चार महिनापछि रिहा भएका हुन्। 

सुन तस्करी र सनम शाक्य प्रकरणमा जोडिएका दुर्इ जनामाथि जिल्ला अदालतले दिएको आदेश पनि यस अघि उच्च अदातले बदर गरेको थियो। 

वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्रीका सवारी चालक विष्णु बहादुर खड्कालार्इ १५ हजार धरौटीमा छाड्ने र अंगरक्षक अम्बरबहादुर थापा मगरलाइ सादधारण तारेखमा छाड्ने जिल्ला अदालतको निर्णय पनि उच्च अदालतले उल्ट्याउँदै पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको थियो।

अभियुक्त लोहनीले ७ असारमा थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा निवेदन दिएका थिए। उनी तत्कालिन महानगरीय अपराध महाशाखा काठमाडौंका प्रमुख थिए। १९ वैशाखमा उनलार्इ पक्राउ गरी जिल्ला अदालत मोरङमा उपस्थित गराइएको थियो। 

जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेर फर्कनेक्रममा फोटो खिच्न गएका पत्रकारहरूलाई एसएसपी दिवेश लोहनीले दुर्व्यवहार गर्दै लात्तासमेत प्रहार गरेका थिए। फोटो खिच्न खोज्दा आक्रोशित भएका लोहनीले पत्रकारलाई तथानाम गालि गर्दै लात्ता र मुक्का प्रहार गरेका थिए।

यस प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको अपहरणपछि भएको हत्याको अनुसन्धान गर्ने क्रममा सुन तस्करीमा उच्च प्रहरी अधिकारीहरूकै मिलेमतो देखिएको दाबी गर्दै मुद्दा दायर गरिएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।