बुधबार, वैशाख १२, २०८१

कांग्रेस पौडेल समूहको जिल्ला सभापतिको भेला सुरु

समापन समारोहमा रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नुवाकोटका कांग्रेसमा सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुको भेला मंगलबार ठमेलस्थित होटल यात्रीमा सुरु भएको छ। सोमबारदेखि जारी भेलामा क्रियाशील सदस्यता विवाद हुँदा तल्ला तहको अधिवेशन प्रभावित भएको र महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न ढिलो भएको विषयमा छलफल भइरहको छ। 

भेलाको समापन साढे २ बजे हुनेछ। समापन समारोहमा रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नुवाकोटका कांग्रेसमा सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए।

सोमबारको भेलाले  क्रियाशील सदस्यतामा नेतृत्वबाट अनियमितता गरेको निष्कर्ष निकालेको थियो। सभापति  एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यतामा अनियमितता गरेको आरोप जिल्ला सभापतिहरुको छ। सोमबारको भेलामा ३५ जिल्लाका सभापति उपस्थित भएका थिए भने थप १२ जिल्ला सभापति भर्चुअल माध्यमबाट जोडिएका थिए।

प्रकाशित: Aug 10, 2021| 11:10 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...