शनिबार, वैशाख ८, २०८१

पूर्वमन्त्री वाग्लेका दुई कृति सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता चिरञ्जीवी वाग्लेका दुई पुस्तक सार्वजनिक भएका छन् । 
 
कोसेली प्रकाशनले बजारमा ल्याएको ‘उज्यालोतिरको यात्रा’ र ‘नेपाली साहित्य : मेरो दृष्टि’ नामक पुस्तक नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमानेचन गरे । 
पुस्तक विमोचन गर्दै देउवाले वाग्लेका कृतिले नेपाली साहित्यको श्रीवृद्धिमा सहयोग पुगेको बताए । 

साहित्यकार वाग्लेका यसअघि दुई उपन्यास प्रकाशन भइसकेको छ । ‘बन्धनशालामा खीर’ २०७० र ‘बलिदानले बनेको देश’ २०७२ कृति बजारमा आएका थिए । 
  
‘बहादुर शाह’ र ‘स्वाधीनताको युद्ध र भीमसेन थापा’ दुई कृति प्रकासोन्मुख रहेको विमोचन समारोहमा वाग्लेले जानकारी दिए । 

कविता सङ्ग्रह ‘उज्यालोतिरको यात्रा’ को समालोचना गर्दै त्रिभुवन विश्वविद्यालयका प्रा डा नेत्रप्रसाद न्यौपानेले कवितामार्फत साहित्यकार वाग्ले समसामयिक धाराका विशेष कविका नेपाली साहित्यमा उदाको बताए । सङ्ग्रहमा पञ्चायती शासनकाल र प्रजातन्त्र पुनःस्थापनापछि लेखिएका २२ कविता सङ्ग्रहित छ । 
 
समालोचना ग्रन्थ ‘नेपाली साहित्य : मेरो दृष्टि’ माथि समीक्षात्मक मन्तव्य दिँदै त्रिभुवन विश्वविद्यालयकै अर्का प्रा डा नवराज कट्टेलले ग्रन्थमार्फत शक्तिवल्लभ अर्यालको ‘मेरो भकुण्डो’ पहिलो कविताका रुपमा स्थापित भएको बताए । यसअघि सुवानन्ददासले रचना गरेको कवितालाई नेपाली साहित्यमा पहिलो कविता मानिँदै आएको थियो ।
 
कार्यक्रममा कोसेली प्रकाशनका प्रोप्राइटर कुशलध्वज ध्वजु, काङ्ग्रेस नेता लोकेश ढकाल लगायतले साहित्यकार वाग्लेले नेपालको राजनीति र साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरे । 

कार्यक्रममा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा रामशरण महत, पूर्वसभामुख तारानाथ रानाभाट, नेताहरु अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, डा नारायण खड्का लगायतले पूर्वनेता वाग्लेको साहित्यिक जीवनको सफलताको कामना गरे । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।