शुक्रबार, वैशाख १४, २०८१

दुई सय रुपैयाँको लागि जेल जाँदै राधाकृष्ण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम– अहिलेको समयमा दुई सय रुपैयाँले खासै महत्व राख्दैन । जाबो चिया नास्ता खान दुई सयले पुग्दैन, अहिलेको महँगीमा । तर, दुई सय रुपैयाँको लागि कोहि व्यक्ति जेल जानुपर्ने अवस्था आएको सुन्दा अचम्म लाग्न सक्छ ।

यस्तै भएको छ जनकपुर उपमहानगरपालिका–१२ कुवा बस्ने राधाकृष्ण खत्वेलाई । दुई सय रुपैयाँको लागि राधाकृष्ण आइतबार जेल जाँदैछन् । रिक्सा चलाएर आठजना परिवारको गुजारा चलाउँदै आएको राधाकृष्णले साहुसँग लिएको ऋण मध्येय दुई सय रुपैयाँ तिर्न नसक्दा जेल जान बाध्य भएका छन् ।

जेल जानु एकदिन अगाडी ६० वर्षीय राधाकृष्णले साहुले आफूमाथि अन्याय गरेको बताए । श्रीमती सहित दुई छोरा, दुई बुहारी र ३ नातीसहित ८ जनाको परिवार छ । जेल जाने निश्चित भएपछि विच्चली भएको छ, राधाकृष्णको परिवारमा ।

२०४६ साउन १५ गते स्थानीय विक्रम यादवसँग १ हजार रुपैयाँ ऋण लिएका थिए । १ हजार ऋण दिएपनि विक्रमले राधाकृष्णसँग तीनहजार रुपैयाँको कपाली तमसुक बनाउन लगाए । र, तमसुक अनुसार मासिक तीनसयका दरमा राधाकृष्णलाई ब्याज तिर्नु पर्ने थियो ।

२०४७ जेष्ठ ८ गते राधाकृष्णले साहु विक्रमलाई ८ सय रुपैयाँ फिर्ता गरे । राधाकृष्णलाई १ हजार रुपैयाँको ९ महिनाको ब्याज २ सय ७० र २ मुलधानमा बाँकी २ सय रुपैयाँ तिर्न बाँकी थियो । तर, विक्रमले २०४९ भाद्र १५ गते आफ्नो पत्नी गुलाबदेवी यादवको नाउँमा बाँकी रहेको ४ सय ७० रुपैयाँको २ हजार ९ सयको तमसुक बनाउन लगाएको राधाकृष्णले बताएका छन् ।

रकम थपेर कागत बनाउन लगाएपछि तिर्न सक्ने अवस्था नहुँदा फेरी उनीहरुले २०५८ साल अषाढ २० गते ४० हजार रुपैयाँको तमसुक गर्न लगाए, राधाकृष्णसँग ।
परिवारको आर्थिक अवस्था कमजोर रहेको राधाकृष्णले कृषि विकास बैंकमा धितो रहेको आफ्नो ४ कठ्ठा जग्गा फुकुवा गराएर विक्रमलाई लिन गुहार लगाएपनि उनी तयार भएनन् । उल्टै १ लाख ६५ हजारको तमसुक बनाउन बाध्य पारे ।

पैसा तिर्न नसकेपछि विक्रमले आफूविरुद्ध २०६३ पुष ९ गते जिल्ला अदालत धनुषामा मुद्दा गरेको राधाकृष्णको भनाइ छ । मुद्दा परेपनि स्थानीयहरुले ७६ हजार रुपैयाँ तिरेर मिलापत्रगर्न आग्रह गर्दा आफू तयार भएपनि साहुले नमानेको राधाकृष्णको भनाइ छ ।

जिल्ला अदालत धनुषाले २०६४ माघ २७ गते राधाकृष्ण्लाई एक वर्ष जेल सजाय सुनायो । र, पुनरावेदनले पनि जिल्ला अदालतले गरेको फैसला सदर गर्‍यो । शनिबार पत्रकार सम्मेलन गरेर राधाकृष्णले भने,‘अदालतले पक्राउ पूर्जी जारी गरेको छ । म भोली जेल जाँदै छु । तर, दुई सय रुपैयाँको लागि म जेल जानु समाजबाट मानवीयता समाप्त हुँदै गएको पुष्टि भएको छ ।’ दुई सय रुपैयाँ तिर्न नसकेपछि आफू जेल गएपनि समाजका कोहि व्यक्तिलाई यस्तो दिन हेर्न नपरोस राधाकृष्णले बताए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।