शनिबार, वैशाख ८, २०८१

प्रचण्डले किन रिझाउँदैछन् भारत र चीनलाई?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
चीन उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्ड । तस्बिर : रासस

काठमाडौं- सत्तारुढ नेकपाको बुधबारको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले रोमान्टिक पारामा भारत भ्रमणको अनुभव सुनाए। आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अत्यन्त लोकप्रिय नेता भनेको बताउँदै उदाहरणसमेत सुनाए।

नयाँदिल्लीमा उद्योगी, व्यवसायीहरूलाई सम्बोधनपछि मोदीले ‘असाध्यै राम्रो गर्नुभएछ, हाम्रा उद्योगी, व्यवसायीहरू तपाईंको भाषण सुनेर प्रभावित भएछन्। तपाईं त भारतमा आएर चुनाव लडे पनि हुन्छ’ भनेको सन्दर्भ सुनाउँदा बैठकस्थल हाँसोले गुन्जेको थियो।

चीन प्रस्थान गर्नुअघि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रचण्डले पार्टी एकीकरण दशैंअघि नै सकिने बताए। यो घोषणा सुनेर उनलाई बिदाइ गर्न गएका नेता/कार्यकर्ता गलल्ल हाँसे। उनीहरूको हाँसोबाट बुझ्न सकिन्छ, दशैंअघि पार्टी एकीकरण सकिने लक्षण छैन।

भारतको चारदिने भ्रमण सकेर स्वदेश फर्केको एक साता नबित्दै शनिबार उनी चीन पुगे। सभामुख कृष्णबहादुर महरा चीनको साताव्यापी भ्रमण गरी २६ भदौमा स्वदेश फर्किएका थिए। सभामुख महरा चिनियाँ अधिकारीहरूसँग प्रचण्डको सम्पर्क सेतु मानिँदै आएका छन्।

आखिर भारत र चीनको दौडाहामा किन लागेका छन् नेकपाका नेताहरू?

भारत भ्रमणबाट फर्किंदा प्रचण्ड अत्यन्त खुशी देखिन्थे। र, भारतले असाध्यै राम्रोगरी खातिरदारी गरेको प्रतिक्रिया दिएका थिए। उनले नेपालको आन्तरिक मामिलका विषयमा समेत भारतमा कुरा गरेका थिए। जस्तो- सरकारले पूरक बजेट ल्याउँछ भनेर भारतमा बोल्नुलाई कूटनीतिक वृत्तमा राम्रो मानिएको छैन। यस्तै, प्रधानमन्त्री र अध्यक्ष आधा–आधा अवधि बाँडिने बताउँदै उनले भारतीय सञ्चार माध्यममा दिएको अन्तरवार्तासमेत विवादमा परेको छ।

एक कूटनीतिक विश्लेषकका अनुसार भारत र चीन भ्रमणसँग प्रचण्डको सत्तामोह पनि गाँसिएको छ। ३ जेठमा पार्टी एकता हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच चारबुँदे लिखित सहमति भएको थियो। त्यसमा एउटा महत्वपूर्ण बुँदा प्रधानमन्त्री पद आधा–आधा बाँडफाँट गर्ने भन्ने छ। 

उक्त सहमतिअनुसार पाँच वर्षे सत्तायात्रामा अढाइ वर्ष ओली र अढाइ वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्नेछन्। ३ फागुन ०७४ मा प्रधानमन्त्री बनेका ओलीले आफ्नो भागको प्रधानमन्त्री पद सात महिना गुजारिसकेका छन्। सहमतिअनुसार प्रचण्डले अबको २३ महिनापछि सरकारको नेतृत्व गर्न पाउनेछन्।
भावी प्रधानमन्त्रीका रूपमा प्रचण्ड भारत र चीनको समर्थन लिन चाहन्छन्। त्यसैलाई मध्यनजर गरेर चीन भ्रमणमा उनी निस्केको अनुमान गर्न थालिएको छ।

भावी प्रधानमन्त्रीका रूपमा प्रचण्ड भारत र चीनको समर्थन लिन चाहन्छन्। त्यसैलाई मध्यनजर गरेर चीन भ्रमणमा उनी निस्केको अनुमानसमेत गर्न थालिएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीनमा आयोजित ‘विश्व शान्ति दिवस’लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न प्रचण्ड त्यसतर्फ गएका  हुन्। प्रचण्डसँगै पत्नी सीता, छोरी गंगा, प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र एक चिकित्सक छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय टोली शुक्रबार नै चीन पुगेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा श्रेष्ठसहित बलावती शर्मा, सन्तु दराई, जीवन गौतमलगायत नेता चीन गएका हुन्।

प्रचण्ड स्वदेश फर्किने दिन ३ असोजमा नेकपा (पूर्वमाओवादी) नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चीन उड्दैछन्। यसरी लगातार पूर्वमाओवादीका नेताहरूको चीन भ्रमणले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।

पार्टी एकीकरणको दौरान २८ चैतमा पूर्वएमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि चार दिने चीन भ्रमणका गएका थिए। त्यसपछि अर्का वरिष्ठ नेता झलनाथ खनाल ११ जेठमा चीन उडेका थिए। उनी चीनमा रहँदै यता पार्टी एकता भएपछि वरियता क्रममा माधव नेपाल अगाडि भए। त्यसप्रति खनालले ठूलो गुनासो गरेका थिए।

चिनियाँहरूको दुई चासो

तत्कालीन एमाले र माओवादी एकीकरणपछि चिनियाँहरूको दुई वटा चासो देखिँदै आएको छ, सरकार कतिको स्थिर हुनेछ र पार्टी एकीकरण कतिको दह्रो हुनेछ? यसमा नेकपाका नेताहरूले दुईखाले जानकारी दिने गरेका छन्। पहिलो, सरकार पाँच वर्ष टिक्छ र दोस्रो पार्टी एकताले पूर्णता पाउँछ।

नेकपाबाहेकका नेताहरूले भने अहिले नै मूल्यांकन गर्ने बेला नभएको प्रतिक्रिया दिने गरेका छन्। स्रोतका अनुसार चिनियाँहरूले नेकपाका नेताहरूसँग राख्ने अर्को जिज्ञासा हो, समाजवादी क्रान्ति। चीनको समाजवादी क्रान्ति सशस्त्र विद्रोहपछिको नेपालको जस्तो छैन। नेकपाका नेताहरूले भने बारम्बार नेपाल समाजवादी क्रान्तिको बाटोमा अगाडि बढेको दाबी गर्दै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।