शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पूर्व माओवादीको चीन मोह: नेकपाका अध्यक्ष प्रचण्ड आज उड्दै

पूर्व माओवादीको चीन मोह: नेकपाका अध्यक्ष प्रचण्ड आज उड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

काठमाडौं- पूर्व माओवादीका शिर्षस्थ नेताहरुको चीन मोह बढेको देखिन्छ। २४ भदौ आइतबार मात्रै चार दिने भारत भ्रमण सकेत स्वदेश फर्किएका सत्तारुढ  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) चीन भ्रमणमा निस्किने भएका छन्। 

चीनमा राखिएको ‘विश्व शान्ति दिवस’ कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न प्रचण्ड जान लागेको जनाइएको छ। 

प्रचण्डसँगै पत्नी सीता, छोरी गंगा, प्रमुख स्वकीयसचिव जोखबहादुर महरा र एक चिकित्सिक छिन्। प्रचण्ड ३ असोजमा स्वदेश फर्किने उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। भ्रमणका क्रममा प्रचण्डले कुन-कुन चिनियाँ नेतासँग भेट्ने भन्ने खुलाइएको छैन।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा १५ सदस्यीय टोली शुक्रबार नै चीन प्रस्थान गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा श्रेष्ठसहित बलावती शर्मा, सन्तु दराई, जीवन गौतमलगायत नेता चीन गएका हुन्।

यसअघि संघीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका सकेर २६ भदौमा स्वदेश फर्किएका थिए। महरा पूर्व माओवादी नेता हुन्। 

त्यसैगरी प्रचण्ड फर्किएकै दिन नेकपाकै (पूर्व माओवादी) कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ३ असोजमै चीन प्रस्थान गर्ने भएका छन्। 

यसरी लगातार पूर्व माओवादीका नेताहरुको चीन भ्रमणले राजनीतिक वृतकमा तरंग पैदा गरेको छ। 

नेकपा एकिकरणको दौरान २८ चैतमा पूर्व एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पनि चारदिनसम्म चीन भ्रमणका गएका थिए। त्यसपछि अर्का वरिष्ठ नेता झलनाथ खनाल ११ जेठमा चीन उडेका थिए। उनी चीनमा रहँदै यता पार्टी एकता भएपछि वरियताक्रममा माधव नेपाल अघि भए। जसमा खनालले ठुलो गुनासो गरेका थिए। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।