शनिबार, वैशाख ८, २०८१

फेरि पक्राउ परे प्रकाण्ड, अब अदालतले के गर्छ ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सर्वोच्च अदालतले सरकारको ध्यानाकर्षण गराउँदै व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गर्‍यो।

आदेश जारी गरी रिहा भएलगत्तै उनलार्इ प्रहरीले शुक्रबार फेरि पक्राउ गरेको छ। सर्वोच्चले चौथो पटक जारी गरेको आदेश विपरित प्रकाण्डलार्इ शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईका क्रममा अदालतमा उपस्थित गराइएको थियो। उनलाई अदालतबाट बाहिर निस्कने क्रममा प्रहरीले गेटबाहिर पक्राउ गरेको जनाइएको छ।

न्यायाधीशद्‍वय अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले विश्वकर्मालाई गैरकानूनी थुनामा राखेको जनाउँदै अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आजै आदेश जारी गरेको थियो।

आदेशमा भनिएको छ, ‘निवेदक (विश्वकर्मा) लाई गैरकानूनी थुनामा राखेको देखिँदा आजै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहरेकाले निज खड्गबहादुर विश्वकर्मालाई गैरकानूनी थुनाबाट यस अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा छाड्नू।’

त्यस्तै अदालतको आदेशमा भनिएको छ, ‘यस अदालतले गरेको आदेशको मर्यादाको र पालनाको लागि नेपालको संविधानको धारा १२८ (४) को अधिनमा रही अन्य उपयुक्त आदेश समेत जारी गर्नुपर्ने अवस्था आउन सक्छ।’

संविधानको धारा १२८ को उपधारा ४ मा सर्वोच्चले ‘अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने’ उल्लेख छ।

आदेशमा नागरिकको वैयक्तिक स्वतन्त्रताको उपयोगका विषयमा सरकार तथा सरकार मातहातका निकाय संवेदनशील हुन ध्यानाकर्षण गरिएको छ। उनलाई पटक-पटक पक्राउ गरेको भन्दै सर्वोच्चले सरकारविरुद्ध अवहेलनामा कार्वाही चलाउने चेतावनी दिँदै आएको छ ।  तर पनि सरकार र सरकार मातहातका निकायले प्रकाण्डलार्इ पक्राउ गरेको छ। 

सर्वोच्चले आदेशमा भनेजस्तै गरी के धारा २८ को उपधारा ४ बमोजिम अवहेलनामा कारबाही चलाउला?, भन्‍ने प्रश्‍न खडा भएको छ। उनलाई व्यापारीसँग सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।