बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०७४ सम्बन्धी छलफल

कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०७४ सम्बन्धी छलफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०१८ को सन्दर्भ पारेर बिहीबार नेपाल अटो वर्कसप व्यवसायी संघले कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०७४ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। 

सो अवसरमा विभिन्न क्षेत्रमा चार पांग्रे सवारी साधनको वर्कसप सञ्चालन गरिरहेका वर्कसप व्यवसायी, नेपालमा एटीएस-एल्गीका वर्कसप इक्विपमेन्ट उपलब्ध गराउदै आएको हिट्को प्रालि र एटीएस–एल्गीका प्रतिनिधिलगायत अन्य सरोकारवालाहरुको समेत सहभागिता थियो। 

नेपाल वर्कसप व्यवसायी संघका अध्यक्ष शरणकुमार गुरुङले गत २०७४ चैत १६ मा जारी भएको वर्कसप सञ्चालन निर्देशिका र यसमा भएका विभिन्न प्रावधानहरुको वारेमा जानकारी गराएका थिए। 

त्यतिबेला ६ महिनाको समय दिएर सो निर्देशिका जारी भएको र निर्देशिका अनुसार वर्कसपहरुलाई व्यवस्थित गर्ने समय आएको जानकारी दिदै उनले यसका लागि गर्नुपर्ने आवश्यक कार्यका वारेमा जानकारी गराएका थिए।
 
पहिले सामान्य अवस्थामा कुनै सरकारी निकायमा दर्ता गरेको वा नगरेकै भरमा पनि वर्कसप सञ्चालन भइरहेकोमा अब आधुनिक उपकरण र दक्ष जनशक्तिका साथ वर्कसप सञ्चालन गर्नुपर्ने अवस्था रहेको गुरुङले बताए।
 
त्यसो हुन नसकेमा यो क्षेत्रमा कार्यरत हजारौं व्यवसायीहरुको करोडौं लगानी डुब्ने सम्भावना भएकोले बेलैमा सचेत भएर कार्य गर्न उनले आग्रह गरे। पहिले नै सञ्चालनमा रहेका वर्कसप पनि यातायात व्यवस्था विभागमा समयमै पञ्जिकरण नभएमा स्वतः खारेज हुने भएकाले सबैलाई आवश्यक प्रक्रिया पुरा गरी दर्ता गर्न समेत उनले अनुरोध गरे। 

एटीएस-एल्गीका अन्तर्राष्ट्रिय म्यानेजर ऋतुमोहन शर्माले मापदण्ड अनुसारका वर्कसप सञ्चालन गर्नका लागि कम्पनीसँग विभिन्न इक्विपमेन्टहरु रहेको र हिट्को प्रालिले यस्ता इक्विपमेन्ट उपलब्ध गराउदै आएको बताए। 

एटीएस–एलगीले टु पोष्ट हाइड्रोलिक लिफ्ट, फोर पोष्ट लिफ्ट, ह्विल एलाइनमेन्ट सिजर लिफ्ट, ह्विल्स फ्रि सिजर लिफ्ट, अटो कार वासर, पेन्ट बुथ आदि इक्विपमेन्ट उपलब्ध गराउनुका साथै यसका लागि आवश्यक तालिम समेत प्रदान गर्दै आएको बताए। विश्वका ७० भन्दा बढी देशमा एटीएस–एल्गीका इक्विपमेन्ट प्रयोग भइरहेका र ८ हजार भन्दा बढी सन्तुष्ट ग्राहक रहेको उनले जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्