शनिबार, वैशाख ८, २०८१

'आफ्नो लागि घर बनाउँदा प्राणीका लागि पनि सोचौं न'

जब हामी कुनै भूमिमा नयाँ केही निर्माण गर्छौं, एउटा कुनै प्राणीले बस्ने स्थान गुमाउँछ। तर डस्टे गेज तर्क गर्छन्, त्यो ठाउँमा हामीले प्राणीलाई बस्ने ठाउँ बनाइदिन सक्छौं, भलै घरको छाना नै किन नहोस्।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

जब हामी कुनै भूमिमा नयाँ केही निर्माण गर्छौं, एउटा कुनै प्राणीले बस्ने स्थान गुमाउँछ। तर डस्टे गेज तर्क गर्छन्, त्यो ठाउँमा हामीले प्राणीलाई बस्ने ठाउँ बनाइदिन सक्छौं, भलै घरको छाना नै किन नहोस्।

triton college

गेज हाल युरोपियन फेडेरेसन अफ ग्रीन रुफ एन्ड लिभिङ एसोसिएसनमा पनि कार्यरत छन्। उनी लामो सयमदेखि घरका छानाहरु माटो, हरिया बिरुवा, र सानो पोखरी बनाउने अभियानमा लागिरहेका छन्।

मानिसहरुले छानामा त्यसो गर्नु युक्तिसंगत हुँदैन भन्ने तर्क गर्छन् र तर गेज भने त्यस्तो तर्क वाहियात भएको बताउँछन्। बरु जैविक विविधता हुने त्यस्तो छानाले धेरै फाइदा पुग्ने उनको तर्क छ। उनी त्यस्तो छानाहरुमा चराले विचरण गरेको, फूलहरु फुलेको, किराफट्याङग्राले वास पाएको बताउँछन्।

नवनिर्माणले प्राणीहरुको वासस्थान हरण भइरहँदा यसरी अग्ला घरका छानाहरु हरियाली युक्त बनाउनुलाई प्राणीहरुको वासस्थानको लागि एउटा प्रभावकारी उपायको रुपमा लिइएको छ।

क्यानडाको हिलाफेक्समा रहेको सेन्ट मेरिज युनिभर्सिटीकी कल्चरल वायोलोजिस्ट इरिका ओबनडर्फर अग्ला घरको छानामा हुने हरियालीले धेरै प्राणीलाई वासस्थान उपलब्ध गराउने र घरलाई चिसो राख्न पनि मद्दत गर्ने बताउँछिन्।

corrent noodles
Metro Mart

धमाधम नयाँ निर्माण बनाउन उद्यत मानवीय सभ्यताले धेरै प्राणीको वासस्थानलाई उपनिवेश बनाएको छ। सन् २०६० सम्ममा हाल भएको पृथ्वीको १ प्रतिशत बस्नलायक भूमिको टोल, शहर, र शहरी पूर्वाधार दोब्बर हुने संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ। अबका दिनमा भवनहरु बहुतले बन्नेछन् र नयाँ निर्माणले प्राणीहरुको वासस्थान झन् खुम्चिँदै जानेछ।

नयाँ बन्ने भवनहरुलाई चुनौतीका रुपमा मात्र हेर्नुपर्छ भन्ने पनि छैन। ती भवन प्राणीहरुका वासस्थान पनि बन्न सक्छन्। ठूला सहरी क्षेत्र र ठूला भवनमा जीवजन्तु बस्न सक्दैनन्? यदि सके भने त समस्या केही हदसम्म सम्बोधन हुन सक्छ।

गेजको तर्क छ– बेलायतको सुक्खा घाँसे मैदानको क्षेत्र जोखिममा पर्दैछ। उनको भनाइमा छानामा बनाइने हरियालीले त्यो क्षतिलाई कम गर्न सकिन्छ। जंगली फूल, घाँस, र झारले किराफट्याङग्रा, चरालाई आकर्षित गर्छ सक्छ, चाहे त्यो बहुतले घरका माथि नै कि नहोस्।

हरित छाना जसलाई जीवनयुक्त छाना मानिन्छ, त्यसमा पुराना काठ र थो–थोरै बालुवाको थुप्रो लगाइदिने हो भने किरा फट्याङ्ग्रा र मौरीको लागि वासस्थान बन्छ।

गेज अफ्रिकादेखि बेलायत तथा युरोपसम्म आउने स्विफ्ट प्रजातिका चराहरुका सोखिन पनि हुन्। ती चराहरु आफ्नो बच्चा कोरल्न लामो दुरी तय गरेर आउँछन्। तर आधुनिक घरमा तिनीहरुले बस्ने तथा बच्चा कोरल्ने ठाउँ पाउँदैनन्।

‘यो साह्रै दुःखको कुरा छ कि हामीले बनाएका नयाँ घरका कारण स्विफ्ट चराहरुको संख्या घटिरहेको छ,’ गेज भन्छन्। यसको एउटा समाधान के छ भने काठको गुँड छानामा वा पर्खालमा राखिदिने हो भने चराहरुले बस्ने ठाउँ पाउने थिए। अध्ययनहरुले पनि त्यस्तो वासस्थानमा चराहरुले गुँड बनाएको पाएको थियो।

चराको लागि बनाइएको यस्तै गुँड जस्तै मौरीको लागि बनाइएको घारले पनि मौरी प्रजातिलाई बस्ने ठाउँ दिएको छ। त्यस्तै केही व्यक्तिले चमेरोलाई हुने गरी पनि गुँड बनाउने गरेका छन्, जसले स्थानीय प्रजातिको उत्थानमा सहयोग पुग्नेछ।

द वाइल्डलाइफ ट्रस्टका सि युङ प्राणीहरुको उत्थानका लागि राखिने यी गुँडहरुको व्यवस्थासँगै चरा, किरा र अन्य प्रजातिलाई खानाको पनि व्यवस्था गर्नुपर्ने बताउँछिन्। ‘प्राणीलाई वास मात्र भएर हुँदैन, गाँसको पनि व्यवस्था गर्नुपर्दछ,’ उनी भन्छिन्।

बेलायतमा ल्याइएको नयाँ विधेयक जुन छिटै कानुन बन्ने बाटोमा छ, त्यसले  नयाँ प्रावधानहरुको व्यवस्था गरको छ जसले जैविक विविधतामा सकारात्मक प्रभाव पार्ने देखिन्छ।

जस्टिन क्रेन, अमेरिकामा अवस्थित आफ्नो आर्किटेक्चर फर्म क्याम्ब्रीज सेभेनले नयाँ योजना बनाउँदा प्राणीहरुको वासस्थानलाई प्राथमिकतामा पार्ने गरेको बताउँछन्। उनीहरुले हालै काम सम्पन्न गरेका ग्लाउचेस्टर बन्दरगाह पैदल मार्गको जीर्णोद्धार गर्दा पुतलीहरुको लागि लक्षित विशेष बगैंचा बनाएका छन्।

क्रेन भन्छन्– कतिपय अवस्थामा मानिसहरुलाई कुनै पनि ठाउँमा के कति प्राणी छन् भन्ने नै थाहा हुँदैन। त्यसैले जहिले पनि हामीले नयाँ निर्माणको खाका बनाउँछौं तब त्यो ठाउँमा रहेका प्राणीको वासस्थानलाई कसरी व्यवस्थापन गर्न सक्छौं भन्ने हेर्नुपर्छ। हामीले त्यसमा ध्यान पुर्याउन सकेनौं भने त तिनको वासस्थान नै हरण हुन्छ।

जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखका उल्फग्याङ विसरले त ‘प्राणी–मैत्री डिजाइन स्टुडियो’ नै सञ्चालन गरेर नयाँ बन्ने प्रस्तावित भवनहरुमा प्राणीहरुको व्यवस्थापन गर्न सकिने उपायहरुमा काम गरिहेका छन्। विसरको सो स्टुडियोले भवनको मालिक, प्रयोगकर्ता र त्यसमा बस्नेहरुसँग सामूहिक छलफल गरेर भवन बनेपछि उनीहरु कुन प्राणी प्रजातिलाई प्रवर्धन गर्न चाहन्छन् भन्ने छलफल गर्ने गरेको छ।

विसरको कम्पनीले काम सम्पन्न गरेको एक प्रोजेक्टमा म्युनिखको एउटा भवन पर्दछ, जहाँ काठफोड चरा र चमेरोको लागि काठको गुँड बनाइएको छ। ‘हाम्रो कामको आधारभूत अवधारणा के हो भने निर्माण प्रक्रियाको एउटा साझेदार प्राणी पनि हुन्,’ विसर भन्छन्।

घर आसपास चमेरो हुनु फाइदाजनक हुने क्रेन बताउँछन्। किनभने चमेरोले लामफुट्टेलाई आहार बनाउँछ। ‘यदि मानिसहरुले प्रकृतिलाई सहयोग गर्नुको महत्व र प्रकृति हाम्रा लागि कत्तिको महत्पवूर्ण छ भन्ने बुझ्ने हो भने उनीहरु प्रकृतिको उत्थानको लागि आफूले सक्दो सहयोग गर्न तयार हुन्छन्,’ द वाइल्डलाइफ ट्रस्टका सि युङ भन्छन्।

लण्डनको व्यस्त इलाका आफूले डिजाइन गरेको घरमा बसिरहेका आर्किटेक्ट जस्टिन बेर लामो समयदेखि प्रकृतिको महत्वमाथि संवेदनशील छन्। उनले घरका छानामा पनि विरुवाहरु र फूल लगाएका छन्। बगैंचामा पनि चराको लागि बस्ने ठाउँ बनाएका छन्।

‘हामीले कुनै प्राणीलाई वासस्थान बनाइदिने हो र उसको दिनचर्यालाई नियाल्ने हो भने प्रकृति कति जेलिएको छ भन्ने बुझ्न सक्छौं,’ उनी भन्छन्।

यदि हमाीले हाम्रो वासस्थानलाई अन्य प्राणीको हितलाई ध्यान दिएर अलिकति मात्र सुधार गरिदिने हो भने तयसले सकारात्मक जैविक प्रतिफल त दिन्छन् नै व्यक्तिगत रुपमा हामीलाई दैनिक आनन्दित हुने अवसर मिल्नेछ।

बीबीसी फ्युचरमा प्रकाशित सामग्री महेश्वर आचार्यले अनुवाद गरेका हुन्।

प्रकाशित: Aug 10, 2021| 07:57 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।