बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • भीभोले ल्यायो भी ११ प्रो स्मार्टफोन, साढे ४९ हजार मूल्य

भीभोले ल्यायो भी ११ प्रो स्मार्टफोन, साढे ४९ हजार मूल्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- भीभोले बिहीबार न्यू भी ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। उक्त ११ प्रोमा सफल मूख्य डिजाइनका साथमा न्यू हलो फूल भ्यू डिस्प्ले राखिएको कम्पनीको भनाइ छ। 

स्मार्टफोन स्टेरी नाइट र नेबुला फ्यूजन कलर अप्सनमा उपलब्ध हुने भएको छ। कम्पनीअनुसार फोन भी सिरिजको पहिलो स्मार्टफोन हो जसमा इन डिस्प्ले फिंगरप्रिन्ट, स्क्यानिङ प्रविधिको प्रयोग गरिएको छ । बायोमेट्रिक सेक्यूरिटीको नेतृत्वदायी क्षमतालाई निरन्तरता दिएको छ। 

यसका साथमा स्लीक र स्ट्यालिस डिजाइनलाई पनि उत्तिकै महत्व दिइएको भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्गदाले बताए । उनकाअनुसार असोज ४ गतेदेखि उक्त फोन नेपाली बजारमा उपलब्ध हुनेछ।

यस्ता छन्, फोनका विशेषता

भी ११ प्रोमा १२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ड्यूल मुख्य क्यामरा उपलब्ध छ। साथै ठूलो एफ १.८ एपार्चर र १.२८ पिक्सेल रहेको छ। कम्पनीकाअनुसार सेल्फीका लागि स्मार्टफोनमा २५ मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ जसले उत्कृष्ट सेल्फीफोटो खिच्ने क्षमता राख्दछ। पछाडीका ड्यूलपिक्सेल सेन्सरहरुलाई उच्च प्रकाश संवेदनका लागि २ करोड ४० लाख फोटोसेन्सेटिभ यूनिटमा परिवर्तन गर्न सक्दछ। 

त्यस्तै भी ११ प्रोले आर्टिफिसियल इन्टेलिजेन्स(एआई) मोबाइल अनुभव प्रदान गर्ने बताइएको छ। जसको लागि भीभोको एआई असिस्ट्यान्ट जोभीको प्रयोग गरिएको छ। यसका लागि जोभी स्मार्ट सीन, गूगल लेन्स, र गूगल असिस्ट्यान्ट जस्ता फीचरहरु उपलब्ध छन्।

फोनमा स्न्यापड्रागन ६६० एआईई प्रोसेसर प्रयोग गरिएको छ भने फोनको कार्यक्षमतालाई उत्कृष्ट र सहजबनाउन ६ जीबी र्यामका साथमा १२८ जीबीको आन्तरिक स्टोरेज(रोम) रहेको छ।

१९.५ः९ एस्पेक्ट रेसियोसहितको ६.४१ इन्चको सूपर एमोलेड हालो फूलभ्यू डिस्प्लेका साथमा ९१.२७ प्रतिशतको स्क्रीन-टू-बडि रेसियो रहेको छ। निकै पातलो र हलुका रहेको यो स्मार्टफोन १.७६ मिलिमिटर मोटाई मात्र छ भने यसमा साड बेजेल्स पनि छ। यसका साथै थ्रीडीकभ्र्ड बडिडिजाइनले फोनको घुमाउरोपनालाई ससक्त बनाएर डिस्प्लेको उत्कृष्टतालाई देखाउन कम्पनी सफल भएको दाबी गरेको छ। 

कम्पनीले नेपाली बजारमा भीभो भी ११ प्रोको बजार मूल्य ४९ हजार ४९० तोकिएको छ भने भी ११ को बजार मूल्य ३९ हजार ९९० तोकेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्