शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निर्मला काण्ड संसदमा : हत्या राज्य संरक्षित भएको कांग्रेसको आरोप

निर्मला काण्ड संसदमा : हत्या राज्य संरक्षित भएको कांग्रेसको आरोप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनाले संसदमा प्रवेश पाएको छ । यो घटना राज्य संरक्षित भएको भन्दै कांग्रेसले संसद बैठक नै अवरुद्ध गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बढुले १० साउनमा बलत्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको हत्याका दोषीलाई पत्ता लगाउनु भन्दा सरकारले विभिन्न छानबिन समिति गठन गरेर टार्न खोजेको आरोप लगाए। 

उच्चस्तरीय छानबिन समितिका सदस्य तथा उपसचिव बिरेन्द्र केसीको जीवन असुरक्षित भएको उनैले बताएकोले केसीको जीवन असुरक्षित हुनुको कारण पत्ता लगाउन सरकारसँग माग गरे। 

‘हत्याको दोषी पत्ता लगाउनुभन्दा छानबिन प्रकृया जटिल र रहस्यमय बनाईँदैछ’, बढुले भने ‘बास्तविक दोषलाई जोगाउन सरकार नै लागेको छ।’

सरकारले गठन गरेको समितिका सदस्य बीरेन्द्र केसीले छानविन समितिको प्रतिवेदनको आधारमा निर्मलाको आत्मा र परिवारका सदस्यले न्याय पाउन नसक्ने र आफूलाई शक्तिशाली अपराधीबाट ज्यान असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेको घटनाबाटै हत्याप्रकरण राज्य संरक्षित भएको पुष्टी हुने बढुले बताए।

बढुले हत्या प्रकरणको छानविन समितिकै सदस्यले संयुक्त राष्ट्रसंघ र मानवअधिकार संगठनहरुसँग जीवन रक्षाको माग गर्नुपर्ने स्थिति आउनुले सरकार राज्यको संयन्त्रबाट चलेको छ वा अन्य कुनै शक्तिले चलाएको भनेर प्रश्न गरे । बढुले सरकारको नेतृत्व गरिरहेको नेकपाका कार्यकर्ताले तरुण दल रोल्पा नगरका अध्यक्षको हत्या गरेको बिषयमा गृहमन्त्रीको जवाफ माग गरे।

गृहमन्त्री रामबहादुर थापा बादल सदनमा उपस्थिति नभएपछि कांग्रेसले गृहमन्त्रीको जवाफ नआएसम्म सदनको कारबाही चल्न नदिने भनेपछि प्रतिनिधिसभाको बैठक १० मिनेटको लागि स्थगित भएको थियो। 

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, कोषाध्यक्ष चित्रलेखा यादब, पूर्वमहामन्त्री प्रकशमान सिंह लगायतले उठेर बिरोध जनाएपछि बैठक स्थगित भएको थियो। सभामुख महराले सांसद बढुले उठाएको बिषय गम्भिर भएकोले भन्दै सरकारको ध्यानाकर्षण गराए। सरकारका तर्फबाट कानुनमन्त्रीले जवाफ दिने भएपछि संसद बैठक फेरि शुरु भएको छ । 

कानून मन्त्रीले भने-निर्मलाका हत्यारालाई कारबाही हुन्छ

विपक्षीको माग अनुसार कानून  मन्त्री भानुभक्त ढकालले संसदमा सम्बोधन गरेका छन् । मन्त्री ढकालले निर्मला पन्त लगायतका घटनासँग सम्वन्धित अभियुक्त सबैलाई उचित समयमा कारवाही गर्ने बताएका छन्।

मन्त्री ढकालले बिहीबार संसदमा बोल्दै घटनासँग सम्बन्धित मन्त्रालयका मन्त्रीहरुबाट भोलि शुक्रबारको बैठकमा थप विवरण प्रस्तुत हुने जानकारी दिए।  ढकालले  सरकारले अपराधीलाई नछाड्ने प्रतिवद्धता प्रकट गरे। 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा बिहीबार संसद बैठक अबरुद्ध गरेको थियो। मन्त्रीको जवाफ पछि संसद बैठक सञ्चालन भएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।