शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  •  नेकपामा नेपाल, गौतम, बादल र श्रेष्ठ  पहिलाे पटक एकै ठाउँमा 

 नेकपामा नेपाल, गौतम, बादल र श्रेष्ठ  पहिलाे पटक एकै ठाउँमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बुधाबार बसेको नेकपाको सचिवालयको बैठकले कुनै निर्णय गर्न सकेन । झण्डै आधा घण्टा अध्यक्ष प्रचण्डले  आफ्नो भारत भ्रमणबारे बैठकमा  जानकारी गराएका थिए । स्रोतका अनुसार उनले भारतको नेपाललाई हेर्न दृष्टिकोण निकै रामो भएको भन्दै भरतको प्रसंशा गरेका थिए । 

प्रधानमन्त्री निवास बालुटारमा बसेको सो बैठकले तल्ला कमिटी तथा जनवर्गीय संगठनको एकताका बारेमा टुंगो लगाउने कार्यक्रम  थियो । तर नेतृत्वमा बिवाद भएपछि बिहीबार पुन बैठक बस्ने गरी  सहमति भएको छ । 

बैठकले  प्रदेश, जिल्ला र जनसंगठनको एकताको टुंगो थप मापदण्डका आधारमा लगाउने गरी छलफल सुरु गरेको छ । सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले थप केही नीतिगत मापदण्डका आधारमा एकता टुंगो लगाउने प्रस्ताव गरेका थिए । 

नेकपाको तल्ला कमिटी र जनसंगठनको एकता करिब चार महिनादेखि अल्झिएको छ । गत ३ जेठमा एकीकरणलगत्तै नेकपाले तीन महिनाभित्र तल्ला कमिटी र जनसंगठनहरूको एकता सम्पन्न गरिसक्ने घोषणा गरे पनि लम्बिएको छ । 

प्रधानमन्त्री केपी ओलीसहित शीर्ष नेताहरूको व्यस्ततालाई कारण देखाउँदै सचिवालय र स्थायी समिति बैठक दुईपटकसम्म स्थगित भएपछि एकता लम्बिएको हो । अब सचिवालय र स्थायी समिति बैठकबाट केही दिनमै टुंग्याउने तयारी छ । यसरी लम्बिएका कारण स्थायी समितिको बैठक समेत पटक पटक सर्दै आएको छ। 

बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत अधिकांश नेताहरूले निश्चित विधि, प्रक्रिया र मापदण्डलाई आधार बनाएर मात्र एकता टुंग्याउनुपर्ने धारणा राखेका थिए । धेरै समय पछि उनीहरु एकै ठाँउमा आईपुगेका हुन्  । यस भन्दा अघि उनीहरु अलग अलग खेमामा थिए । यो विषयमा यी नेता एकै ठाउँ उभिनुलाई नेकपा भित्र बन्दै गरेको नयाँ समिकरणसंग पनि जोडेर हेरिएको छ । 

एकीकरण कार्यदलहरूको कतिपय प्रतिवेदन विवादित बनेको सन्दर्भमा अधिकांश नेताबाट यस्तो सुझाब आएपछि सचिवालय बैठक थप कस्तो विधि, प्रक्रिया र मापदण्ड बनाउने विषयमा केन्द्रित भएको छ ।
बैठकमा  शाीर्ष नेताहरुले आफु अनुकुललाई नेतृत्वमा ल्याउन लागेको भन्दै सचिवालयका बहुमत सदस्यहरु  निश्चित मिति र मापदण्डा बनाएर मात्र नेतृत्वको टुंगो लगाउनु पर्ने  माग गरेका थिए। महासचिव विष्णु पौडेलले एकीकरण कार्यदलका प्रतिबेदनको पोको खोले पनि त्यसको बुधबार टुंगो लागेन ।

प्रदेश १ मा शीर्ष नेताहरुबीच जुँगाको लडाई 

एकीकरणमा सबैभन्दा ठ्लो विवाद प्रदेश १ मा देखिएको छ। यसमा  पूर्व एमालेले अध्यक्ष पाउने आन्तरिक सहमति भएको छ। यो प्रदेशका कार्यदलका संयोजक भीम आचार्य हुन् ।

यो प्रदेशमा एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ पक्ष एकातिर भएका छन् । उनीहरुले वरिष्ठ नेता नेपाल निकट जगन्नाथ खतिवडालाई कुनै हालतमा पनि अध्यक्ष बन्न नदिने रणनीति लिएका छन् ।

वरिष्ठताका हिसाबमा भने खतिवडाको विकल्प देखिदैन। अध्यक्ष  ओली भने देवराज घिमिरेलाई कुनै हालतमा पनि अध्यक्ष बनाउने रणनीतिमा लागेका छन् । आचार्यले यस प्रदेशबाट घनेन्द्र बस्नेत र देवराज घिमिरेको मात्र नाम पठाएपछि नेपाल रुष्ट भएका छन् । उनले  वरिष्ठता मिचेर पठाएको नाम मान्य नहुने भन्दै बुधबारको  सचिवालय बैठकमा कडा प्रतिवाद गरेका छन् 



ं 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।