काठमाडौं- पूर्वी नेपालमा बुधबार बिहान भुकम्पको धक्का महसुस गरिएको छ ।
भारतको आसामस्थित बोनगाइ गाउँलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको हो । नेपालको भूगर्भ विभागकाअनुसार ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प गएको क्षेत्र भारतको दिल्लीबाट एक हजार ७ सय २५ किमी टाढा पर्छ ।
बिहान १० बजेर ३८ मिनेटमा गएका भूकम्पका कारण घर, पोलहरू हल्लिएका थिए भने मानिसहरू डरले घरबाट बाहिर निस्किएका थिए । सुनसरी, मोरङ, झापा लगायतका ठाउँमा धक्का महसुस गरिएको थियो । पाँचथर र इलाममा पनि भूकम्पको धक्का महसुस भएको स्थानीयबासीहरुले बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४