काठमाडौं- नक्कली आयात निर्यातको कम्पनी स्थापना गरी एटिएम 'स्वाप' गर्ने मेसिनबाट ठगी गर्दै आएका काठमाडौं तारकेश्वर-८ गैरीगाउँ बस्ने प्रदिप न्यौपानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले पक्राउ गरेको छ।
न्यौपानेले डि एम के एक्पर्ड एण्ड ईम्पोड नामक संस्था स्थापना गरी सनराईज बैङ्कबाट जारी गरिएको स्वाप मेसीनबाट २२ लाख ७७ हजार ४ सय ५२ रुपैया ठगि गरेको सिआईबीले जनाएको छ।
बेलुका ८ बजे पछि मात्र प्रयोग गदै आएका उनले १ सय ६३ पटक स्वाप गरेर एक करोड दुईलाख ठगिगर्ने प्रयास भने बिफल भएको केन्द्रीय अनुसंन्धान ब्यरोले जनाएको छ।
पक्राउ परेका न्योपानेलाई बैकिङ्क कसुर तथा सजाय ऐन २०६४ बमोजीम थप अनुसंन्धन भैरहेका सिआईबीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४