बिहीबार, वैशाख १३, २०८१

आजका अखबार : स्वीकृत मिश्रलाई अस्वीकृत जोशीको स्वागत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले ओम प्रकाश मिश्र प्रधानन्यायाधीश बनेको र बलात्कार काण्ड छानविन समितिका सदस्यले राजीनिामा गरेको विषलाई मुख्य प्राथमिकतामा पारेका छन् । 

झण्डै ६ महिनादेखि नेतृत्वविहीन रहेको न्यायालयले नयाँ नेतृत्व पाएको छ । संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मतबाट ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेपछि उनले सर्वोच्चको कमाण्ड समाल्ने सुनौलो अवसर पाएका छन् ।

मिश्रलाई सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्विकृत भएका दीपकराज जोशीले सर्वोच्चमा स्वागत गरेका थिए । प्रधानन्यायाधीशको सपथ लगतै उनले न्यायाधीशको सम्पत्ति छानविन गर्ने र बिचौलिया रोक्ने प्रतिवद्धता जाहेर गरेका थिए । 

यसै विषयलाई मुख्य समाचार बनाउदै आजको नागरिक दैनिकले 'सर्वोच्चमा नयाँ नेतृत्व' शीर्षकमा खबर लेखेको छ भने अन्नपूर्ण पोस्ट्ले 'मिश्र बने प्रधानन्यायाधीशः जोशीले गरे स्वागत' शीर्षकमा खबर छापेको छ । कान्तिपुर भने जोशीले मिश्रलाई स्वागत गरेको तस्विर मात्रै मुख्य प्राथमिकताका साथ प्रकाशित गरेको छ । 

यस्तै प्रधानन्यायाधीशमा अस्विकृत भएको जोशी सर्वोच्चमा नियमित कामकाज गर्ने गरि फर्किने भएको पनि आजका पत्रपत्रिकाले लेखेका छन् । 

यस्तै कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्ने उच्चस्तरीय सरकारी समितिका विरेन्द्र केसीले राजीनामा गरेका छन् । उनले सत्यतथ्य ओझेलमा पर्ने सम्भावना देखेपछि राजीनामा गरेको बताउदै आफ्नो ज्यान सुरक्षाको पनि माग गरेका छन् । 

यसैविषयलाई मुख्य समाचार बनाउँदै नयाँ पत्रिकाले बलात्कार छानबिनमा सदस्यकै प्रश्न शीर्षकमा मुख्य समाचार छापेको छ भने कान्तिपुरले भने समिति सदस्यद्धारा राजीनामाः ज्यानको सुरक्षा माग शीर्षमा खबर लेखेको छ । अनुसन्धानमा प्रहरीको लापरबाही शीर्षकमा नागरिकमा खबर प्रकाशित छ । 

यस्तै कान्तिपुरले खानीको जग्गा ब्यक्तिको नाममा दर्ता भएको, नयँ पत्रिकाले वामदेव डोल्पा जाने बाटो बन्द भएको, अन्नपूर्णले गरिबहरुलाई अस्पतालहरुले रेफरै रेफर गर्ने गरेको, नागरिकले साझा प्रकाशनमा कागज हिनामिना आशंकामा छानबिन थालिएको खबर छापेको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।