काठमाडौं- काठमाडौंको ईमाडोलमा बस्दै आएकी दुई बालिका बलात्कृत भएका छन्।
शनिबार दिउँसो आफ्नै दिदीले समान्य गाली गरेपछि घर छोडेर निस्केका ११ बर्षीय र उनकै साथी १३ बर्षिय बालिका बलात्कृत भएका हुन्।
घरबाट निस्केका दुबैजना दुई दिन सम्म घर नआएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए। किर्तिपुर प्रहरीको सक्रियतामा किर्तिपुरको मसानघाट स्थित भाडाको घरमा बस्दै आएका कैलाली घोडाघोडी नगरपालीका-१ बेलार घर भएका २५ बर्षिय हेमबहादुर खत्रीको कोठाबाट उनीहरुलाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख वसन्त कुमार लामाका आनुसार उद्धार गरिएको दुवै बालिका बलात्कृत भएका हुन्। उद्धारपछि उनीहरुलाई थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परिक्षण गर्दा बलात्कृत भएको पुष्टी भएको हो।
महानगरीय प्रहरी परिसरका अनुसार बिदेश जान भन्दै काठमाडौंमा बस्दै आएका हेमबहादुरले नाबालीकालाई ललाई फकाई आफ्नो कोठामा पुर्यार्इ बलात्कार गरेको हुन्। खत्रीलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही अगाडी बढाएको छ। दुवैजना बालिका परिवारलाई जिम्मा लगार्इएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४