मंगलबार, वैशाख ४, २०८१

मिथिला सभ्यताले सजिएको सुन्दर जनकपुर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- मैथिली सभ्यताको केन्द्रविन्दु मानिन्छ, जनकपुरलाई। प्राचिन मिथिलाको राजधानी जनकपुरको अर्को परिचय यहाँका मठमन्दिरहरु हुन्। ५२ कुटी (मठमन्दि) र ७२ कुण्ड (पोखरी) को नामले समेत चिनिन्छ, जनकपुर। अर्थात जनकपुरका विभिन्न स्थानमा ५२ मठमन्दिर र ७२ पोखरी रहेका छन्। 

कुनै एक शहर भित्रै यति संख्यामा मठमन्दिर र पोखरी हुनु सामान्य कुरा पक्कै पनि होइन्। यद्यपी, समयक्रमसँगै कतिपय मठमन्दिर र पोखरीहरु लोप भइसकेका छन्। सम्बन्धीत निकायले संरक्षणतर्फ ध्यान नदिँदा धार्मिक तथा ऐतिहासिक महत्व बोकेका मठमन्दिर र पोखरीहरु अब इतिहासमा मात्रै जिवित रहेको छ।

त्रेता युगमा भगवान राम र सीताको विवाह जनकपुरमै सम्पन्न भएको पौराणिक मान्यता छ । राजा जनककी छोरी सीतासँग विवाह गर्न भगवान राम अयोध्याबाट यहाँ पुगेको मान्यताले हिन्दु धर्मावलम्बीहरुका लागि महत्वपूर्ण स्थान मानिन्छ, जनकपुर । यहाँको धार्मिक महत्वलाई मनन गर्दै सरकारले जनकपुरधाम नामाकरण गर्ने औपचारिक निर्णय नै गरिसकेको छ।



हिन्दु धर्मावलम्बीहरुका लागि महत्वपूर्ण आध्यात्मस्थलको रुपमा रहेको जनकपुरको प्रमुख आकर्षणके केन्द्रविन्दु रहेको छ, जानकी मन्दिर । सन् १९११ मा भारतस्थित टिकमगढकी राजकुमारी वृषभानुले निर्माण गर्न लगाएकी थिइन्। मन्दिर निर्माणगर्न करिब १ सय ७ वर्षपूर्व ९ लाख रुपैयाँ खर्च लागेको बताइन्छ । र, त्यसैकारण जानकी मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ। जानकी मन्दिर नेपालकै सबैभन्दा ठुलो मन्दिरको रुपमा चिनिन्छ।

जनकपुरधामको अर्को विशेषता यहाँ रहेका पोखरी एवं कुण्डहरु हुन्। पोखरी र कुण्डको संख्या पर्याप्त संख्यामा रहेकोले जनकपुरको माछा नेपालमै प्रख्यात छ । अत्याधिक संख्यामा रहेका पोखरीहरुले वातावरणीय सन्तुलन बनाउन समेत सहयोग पुर्‍याएको छ। अधिकांश समय गर्मी हुने जनकपुरको तापक्रमलाई केहि हदसम्म यहाँस्थित पोखरीहरुले नियन्त्रणगर्न मदत गरेको छ। जनकपुरमा पोखरी नहुँदो हो भने गर्मी मौसममा यहाँको तापक्रम उच्च हुने निश्चित छ । जनकपुरको बारेमा एउटा उखान नै छ,‘५२ कुटी, ७२ कुण्ड, सुरमुनी सब नावहि मुण्डा।’


तिथि अनुसार आफ्नौ छुट्टै महत्व बोकेको छ, यहाँका पोखरीहरुले। हरेक महिनाको पूर्णिमा तिथिमा शहरको मध्य भागमा रहेको धनुषसागर, गंगासागर र अंगराजसर पोखरीहरुमा श्रद्धालुहरुको घुइँचो लाग्ने गर्दछ। यसबाहेक अन्य धार्मिक उत्सवहरुमा समेत यी पोखरीहरुमा ठुलो संख्यामा श्रद्धालु पुग्ने गर्दछन् । गंगासागर, धनुषसागर र अंगराजसर पोखरीमा स्नान गरेर जानकी मन्दिर र राम मन्दिरमा श्रद्धालुहरु पूजा गर्दछन्।

त्यसैगरी जानकी मन्दिर भन्दा पश्चिममा रहेको महाराज सागरको छुट्टै महत्व रहेको छ। जेष्ठ महिनामा हुने गंगा दशहारामा यहाँ तिर्थालुहरु स्नानगरी जानकी मन्दिरमा पूजाअर्चना गर्ने गरेका छन्।

बिहार कुण्ड, अग्नि कुण्ड रत्न सागर, सूर्य कुण्ड, पापमोचनी सर, परशुराम कुण्ड, रुक्मिनी सर, मुरली सर, राम सर, तेलहा–मरहालगायतका यहाँका महत्वपूर्ण पोखरीहरु हुन्।

जनकपुरलाई ऐतिहासिक रुपले महत्वपूर्ण सांस्कृतिक धरोहर मानिन्छ। खास गरेर जानकी मन्दिर पुग्ने जोकोहिलाई पनि यहाँको कलात्मक बनावटले मन्त्रमुग्ध बनाउँछ । र, भारतबाट वर्षेनी विवाह पञ्चमीको अवसरमा यहाँ हजारौंको संख्यामा तिर्थालु पुग्ने गर्दछ।

जानकी मन्दिरमा चैतको रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाहोत्सव, साउनमा झुलनोत्सव, फागुनमा १५ दिने मिथिला मध्यमा परिक्रमा र होली यहाँका महत्वपूर्ण धार्मिक उत्सवहरु हुन्।


यहाँका मन्दिर र पोखरीहरुको विशेष महत्व रहेपनि उचित संरक्षण र सरसफाइ हुन सकेको छैन्। ऐतिहासिक धरोहर रहेपनि सरोकारबला निकायलय संरक्षणगर्नतर्फ आवश्यक चासो देखाउन सकेको छैन्। यहाँका मन्दिर र पोखरीहरु संरक्षण गरेर आकर्षक बनाउन सकिए पर्यटक तान्न थप मद्त पुग्नुका साथै पर्यटन व्यवसाय फस्टाउन ठुलो माध्यम बनाउन सकिने पर्यटन व्यवसायीहरु बताउँछन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।