बिहीबार, वैशाख १३, २०८१

ग्यापुको वर्षकै ठूलो टिकटक प्रतियोगिता

नेपाली ईकमर्स कम्पनी ग्यापुले टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै वर्षकै ठूलो टिकटक प्रतियोगिता ‘ग्यापु टिकटक हिरोज’ सुरु गरेको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं- नेपाली ईकमर्स कम्पनी ग्यापुले टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै वर्षकै ठूलो टिकटक प्रतियोगिता ‘ग्यापु टिकटक हिरोज’ सुरु गरेको छ। 

triton college

प्रतियोगिताको लागि कुनै रजिस्ट्रेशन चार्ज राखिएको छैन भने, सहभागी हुन सरल प्रक्रिया उपलब्ध छ। ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माका अनुसार आफ्नो इच्छाअनुसार जुनसुकै किसिमको भिडियो बनाएर सहभागी हुन सकिनेछ। सहभागी हुनको लागि एउटा दर्ता फारम भर्नु पर्ने हुन्छ जसको कुनै शुल्क लाग्ने छैन। 

यसको लागि सहभागीले ग्यापुको वेबसाइट www.gyapu.com मा गएर टिकटक हिरोजको ब्यानरमा क्लिक गरी रजिस्टर भन्ने अप्सनमा गएर आफ्नो सहभागिताको लागि फारम भर्नुपर्ने हुन्छ। अथवा सहभागिले ग्यापुको मोबाइल एपमार्फत् पनि सहभागिताको फारम भर्न सक्छन्। साउन ३१ गतेसम्म सहभागीले आफ्नो नाम प्रतियोगिताको लागि दर्ता गराउन सक्नेछन्। 

प्रतियोगितामा पहिलो हुने सहभागीले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने दोस्रो र तेस्रो हुने सहभागीले क्रमशः ५१ हजार र २६ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट ५० भित्र पर्न सफल सहभागीहरुले भने विभन्न गिफ्ट ह्याम्परहरु पाउनेछन्।

प्रकाशित: Aug 09, 2021| 19:10 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्