शनिबार, वैशाख ८, २०८१

ओलीको गीति सम्बोधन : भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी

उनले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार 'अदालतको परमादेशबाट' बनेको समेत दोहोर्‍याए। एक महिना बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न समेत सरकार असफल भएपछि ओलीले कटाक्ष गरेका छन्।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं- निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा भएका निर्णयहरू सरकारले फिर्ता गर्न थालेपछि गीति सम्बोधनमार्फत् आक्रोश पोखेका छन्। एमाले केन्द्रीय कमिटीको बैठकमा उनले गीति सम्बोधन गरेका हुन्। यस्तो छ उनको गीति सम्बोधन;

triton college

'भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी,
टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरू
ओली याद आउने सबै चिजहरू।'

उनले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार 'अदालतको परमादेशबाट' बनेको समेत दोहोर्‍याए। एक महिना बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न समेत सरकार असफल भएपछि ओलीले कटाक्ष गरेका छन्।

'अदालतको आदेशबाट बन्दै गरेको सरकार। एक महिनासम्म गठन हुन नसकेकोले बन्दै गरेको सरकार! हिजो आफनो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरुको पार्टीहरुको किचलो छरपष्ट भएको छ। के अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ?' ओलीले देउवालाई प्रश्न गरेका थिए। 

सरकारको न्यूनतम कार्यक्रम आफूपक्षीय एमालेविरुद्ध खडा भएको र त्यसको काम एमालेमाथि गालीगलौज गर्ने मात्र भएको उनको आरोप थियो। ओलीले सत्ताधारीको गठबन्धन असंवैधानिक र अपवित्र नन्दीभृंगीहरूको गडबन्धन भएको संज्ञा दिए। 'असंवैधानिक र अपवित्र नन्दिभृंगी जालिझेलीहरुको गठबन्धन हो। भ्रष्टाचारीलाई कारबाही गर्ने रे,' उनको प्रतिप्रश्न थियो, 'क्यान्टेनमेन्टको भ्रष्टाचार विगतको लुट, निजी सम्पति कब्जा ठेकेदारहरूको छानबिन हुन्छ? वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करीरी काण्ड कहिले भयो? त्यसमा संलग्न गठबन्धनका नेताहरुलाई कार्बाही गर्न सक्नुहुन्छ? कि झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षड्यन्त्र गर्ने प्लान हो? हाछ्युँ खाएँ, बाछ्युँ खाएँ, झुसे बारुलो। एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गरिनेछ।'

corrent noodles
Metro Mart

ओलीले एमसीसीका विषयमा साझा कार्यक्रम मौन बसेकोमा समेत प्रश्न उठाएका छन्। उनले देउवाले पाएको १६५ सांसदको विश्वासको मत कृत्रिम भएको आरोप लगाए। '१ सय ६५ को कृत्रिम मतले विश्वासको मत लिएकै छ त। पास गर्नु नि किन हामीलाई दोष? हामी त स्पष्ट छौं। हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र वुद्धिजीवी र विज्ञहरुले दिएको सुझावहरुको आधारमा जनताको भावना अनुसार संसोधनसहित पास हुनु पर्दछ भन्ने। हाम्रो मान्यता यही हो।' 

उनले आफूहरू सडक र सदनमा सशक्त भूमिकामा रहने बताए। 'हामी ससक्त प्रतिपक्षको भुमीका खेल्छौँ। सडक र सदनमा ससक्त र प्रभावकारी भुमिका खेल्छौँ। सिगौँरी खेल्न आए सिँग भाचिनेछ,' उनको भनाइ थियो। 

माधव नेपालहरुका बारे आफूलाई केही भन्नु नभएको उनले उल्लेख गरेका थिए। 'पुष्प कमल दहालसँग मिलर यो पार्टी ध्वस्त पार्न लाग्नुभयो। देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउन लागे। साथूरु माधवजीलाई केही नभन भन्नुहुन्छ। म भन्न पनि चाहान्नँ। धेरै साथीहरुले कुरा बुझिसके। सबै फर्कनुहुन्छ। छिटोछिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु। तर पार्टीका काम रोक्ने गुट र समानान्तर गतिविधि भइरने अवस्था अन्त हनेछ,' उनको भनाइ छ। 

प्रकाशित: Aug 09, 2021| 18:51 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...