काठमाडौं–ठूलो परिणामको लागू औषधसहित ६ जना पक्राउ परेका छन् । वीरगञ्जबाट काठमाडौ आँउदै गरेको ना ७ ख ५०१० नम्बरका यात्रुबाहक गाडीबाट ल्याइएको लागू औषधसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंले जनाएको छ ।
उनीहरुको साथबाट दुई/दुई सय थान एम्पुल, फेरागन, डाईजेल्याबसहित बारा सिमरा नगरपालीका–२ का रिठा बिष्ट, महोत्तरी पशुपती गाँउपालीका–सन्तोषकुमार सिंह तथा गुल्मी चन्द्रकोट गाँउपालिका–८ का विशाल कार्की पक्राउ परेका छन ।
बुटबलबाट काठमाडौं आउदै गरेको लु १ ख ७२४० नं यात्रुबाहक बासबाट लागुऔषध नाईट्रोजेपाम ८० थान, कोरेक्स १ सिसी र स्पास ५८ थानसहित रुपन्देहि सैनामैना नगरपालीका–१ का दिलीप चौधरी पक्राउ परेका छन ।
शनिबार दिउसो रुपन्देहिको सुनौलीबाट काठमाडौं आउदै गरेको लु१ख ८७०९ नम्बरको यात्रु बस जाँच गर्ने क्रममा लागुऔषध डाईजेपाम २० थान एम्पल २० थान, फेरागन २० थान नुपिन १८ थान एम्पल २०३ थान नाईट्रोजेपामसहित रामेछाप गुकुलगंगा गाँउपालीका–६ का जीवन खड्का पक्राउ परेका छन ।
काठमाडौंको बल्खुबाट ३०० थान डाईजेपाम एम्पल नुर्फिन–३०० थान एम्पल तथा फेरागन ३०० गरी जम्मा ९०० थान लागुऔषध सहित पर्सा बिरगंज महानगरपालीका–२८ बगहि बस्ने सुवास यादब पक्राउ परेका छन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४