एजेन्सी–अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलोनीले टिमको कुनै पनि खेलाडीलाई मेस्सीको जर्सी नं. १० दिने सक्ने विकल्प सोचेका छन् । बार्सिलोनाका कप्तान मेस्सीले निरन्तर राष्ट्रिय टिमबाट केहि समयका लागि बिश्राम लिदै आएका छन् ।
सोहि कारण उनी यस महिना पनि अर्जेन्टिनाको मैत्रिपुर्ण खेलमा उपस्थीत छैनन् । सोहि कारण अर्जेन्टिनाको मैत्रिपुर्ण खेलमा महान जर्सी नं. १० खालि रहेको छ । यदि अर्जेन्टिनाले जर्सी नं. १० का लागि अर्को स्टार खेलाडी छनोट गरेमा फरक पर्ने छैन् । तर, सम्मान र दबाबले उनी टिममा फर्किन सक्ने छन् ।
कुनै अरुसँग जोडिएको जिम्मेवारी कसै अरुलाई दिनु उपयुक्त नहोला । किनकी मैदानमा मेस्सी जे गर्ने छन् त्यो अरु कुनै खेलाडीले अर्जेन्टिनाका लागि गर्न सक्दैनन् । त्यसैले जब सम्म मेस्सी राष्ट्रिय टिमबाट सन्याष लिदैनन् तब सम्म उनको जर्सी नं. १० मा पुर्ण अधिकार छ ।
मेस्सीले अर्जेन्टिनासँग कुरा गरेको प्रशिक्षक स्कोलोनीले बताएका छन् । स्कोलोनले भने, ‘त्यो हेर्छौ की के उनी मैत्रिपुर्ण खेलमा आफ्नो जादु देखाउनका लागि फर्किने छन् ।’ हाल स्कोलोनका लागि मुख्य बिषय मेस्सी नभई उनको टिम हो । किनकी अर्जेन्टिनालाई संकटबाट बाहिर निकाल्न जरुरी छ । एक मौका छ की मेस्सी आफ्नो दिमाकलाई बदल्न सक्छन् र एक पटक फेरी टिमको प्रभाव लिन सक्छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४