बिहीबार, वैशाख १३, २०८१

नेप्सेमा दोहोरो अंकले घट्यो परिसूचक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-नेप्सेको परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्च(नेप्से) परिसूचक १०.७९ अंक घटेको छ । नेप्से बजारमा आएका सबै समूहको परिसूचक घट्दा नेप्से घटेको हो ।

यस साता नेप्से कारोबारको शुरु दिन नै परिसूचक १०.७९ अंकले घटेर एक हजार २१८.९८ विन्दुमा पुगेको छ । आइतबार ‘क’ बर्गको सेन्सेटिभ इन्डेक्स समेत २.१९ अंकले घटेर २५८.१६ विन्दुमा पुगको छ ।

१६६ कम्पनीको चार हजार ४८७ कारोबारबाट १२ लाख ७२ हजार १०८ पटक शेयर खरिद बिक्री हुदा ३२ करोड ७० लाख २५ हजार ७४१ रुपैयाँको कारोबार भएको छ ।
११ समूहको परिसूचक रातो

धेरैपछि एघारै समूहको परिसूचक रातो भएको छ । सबैभन्दा बढी ननलाईफ इन्स्योरेन्स समूहको परिसूचक ८५.९४ अंक परिसूचक घटेको छ । 

त्यसपछि लाईफ इन्स्योरेन्स समूहको परिसूचक ६७.४२ अंक, माइक्रोफाइनान्स समूहको २४.९३ अंक, विकास बैंक समूहको परिसूचक १५.३२, हाइड्रो पावर समूहको परिसूचक १४.४३ अंक घटेको छ ।

त्यस्तै बैंकि समूहको परिसूचक ७.१६, व्यापार समूहको ०.४२,  होटेल समूहको परिसूचक ४.२३, फाइनान्स समूहको परिसूचक १.०३, उत्पादनमुलक समूहको परिसूचक ६.८१ र  अन्य समूहको परिसूचक ८.०८ घटेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्