बिहीबार, वैशाख १३, २०८१

दाङ अदालतले पनि छोडेन प्रकाण्डलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-चन्दा आतंक मच्चाएको आरोपमा पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड दाङमा भने हत्या अभियोगमा पक्राउ परेका छन् । 

प्रकाण्डमाथि प्रतिनिधिसभा निर्वाचनमा सुरक्षार्थ खटिएका म्यादी प्रहरी बिनोद चौधरीको हत्याको आरोप छ । चौधरीको बम विष्फोटमा परी ज्यान गएको थियो । 

निर्वाचनमा सहभागि नभएको विप्लव समूह निर्वाचन विथोल्ने अभियानमा परिचालिन भएको थियो । अहिले प्रकाण्डलाई जिल्ला अदालत दाङबाट आठ दिन अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरि शर्माले नेपाल समयलाई जानकारी दिए । 

प्रकाण्ड भोजपुर जिल्ला अदालतले ६० हजार धरौटीमा रिहा गर्न आदेश गरेलगत्तै पुन: पाँचौ पटक पक्राउ परेका थिए । 

उनी रिहा भएलगत्तै बुधबार भोजपुर प्रहरीले अदालत बाहिरबाटै पक्राउ गरेको थियो। उनलार्इ कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङ पठाइएको थियो ।

यसअघि सर्वोच्च अदालत र भोजपुर जिल्ला अदालत गरी तीन पटक प्रकाण्डलार्इ रिहाइ गर्न आदेश दिइसकेको थियो। तर, प्रहरीले भने विभिन्न अभियोगमा उनलार्इ पक्राउ गर्ने गरेको छ।  

यसघि तेस्रो पटक सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले थुनामा राख्ने कारण, आधार र प्रमाण नदेखिएको भन्दै सोमबार रिहा गर्न आदेश दिएको थियो।

प्रवक्ता प्रकाण्डलार्इ पटक पटक गैरकानुनी थुनामा राख्ने काम गर्दै अदालतको आदेश पालना नगरेकोमा गम्भीर ध्यानाकर्षण गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता नागेन्द्रकुमार कालाखेतीले जानकारी दिएका थिए।

गैरकानुनी रुपमा करिब सात करोड चन्दा असुलीको अभियोगमा गत साउन २३ गते प्रकाण्ड पक्राउ परेका थिए। यसअघि ललितपुरस्थित एनसेल टावरमा आगजनी र काभ्रेस्थित एक ठेकेदार कम्पनीको डोजरमा आगजनी गरेको अभियोगमा प्रकाण्डलार्इ १ भदौमा सर्वोच्च रिहाइको आदेश गरेलगत्तै पक्राउ गरेको थियो। 

दोस्रोपटक ७ भदौ पनि सर्वोच्चले रिहाइको आदेश गरेलगत्तै भोजपुरमा भएको बम विष्फोटको घटनामा संलग्न भएको अभियोगमा काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको थियो।

त्यसपछि विश्वकर्मालाई विभिन्न मुद्दामा नुवाकोट र काभ्रे जिल्ला अदालतमा उपस्थित गराइएको थियो। त्यहाँको अदालतलेसमेत दिएको छाड्ने आदेश विपरित उनलाई पक्राउ गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।