भैरहवा- विवादित छवीका दिगम्बर झालाई सरकारले दुरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेकोमा सत्तारुढ दलकै नेताहरुले तिब्र आलोचना गरेका छन्।
सत्तारुढ दल नेकपाका नेता घनश्याम भुसालले दिगम्बर झाको नियुक्ति जसले गर्यो तिनैले लोकमानलाई पनि नियुक्ति गरेका थिए भन्दै पार्टी नेतृत्वको कडा आलोचना गरे। कार्लमाक्स जन्म द्विसतवार्षिकी समारोह समिती रुपन्देहीले मणिग्राममा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भुसालले भने, ‘जसलाई अयोग्य भनेर बर्खास्ती गरियो त्यहि व्यक्तिलाई पुनः अध्यक्षमा नियुक्ति गरिनु लज्जासपद विषय हो। ’
प्रतिनिधसभा सदस्य समेत रहेका पुर्वमन्त्री भुसालले अहिले नेता कार्यकर्ताले सचेतता नअपनाए मुलुक ठुलो दुर्घटनामा पर्ने चेतावनी समेत दिए। उनले भने, ‘लोभलालचाले राष्ट्रघात निम्ताउँछ। सरकारको यस्तै प्रवृति रहिरह्यो भने हाम्रो बहुमतको सरकारको जहाज हिम श्रृङखलामा ठोकिन सक्छ। यो दुघर्टनाबाट बचाउन सबै एक हुनु जरुरी छ। ’
कार्लमाक्स जन्म द्विसतवार्षिकी समारोहका राष्ट्रिय संयोजक समेत रहेका भुसालले चाकडीबाजहरु माक्र्सवादी कहिल्यै नबन्ने पनि तर्क गरे।
कार्यक्रममा नेकपाका नेता राम कार्किले अहिलेको सरकारको कृयाकलापको कारण कहि कतै सार्वजनिक यात्रा गर्न पनि मुश्किल भएको बताए । उनले भने ‘अहिले म नेकपाको जिम्मेवार कार्यकर्ता हुं भनेर छाति खोलेर हिड्ने वातवरण छैन । सार्वजनिक बसमा हिड्दा कम्युनिस्ट पाटिको कार्यकर्ता भनेर चिन्छन् की भन्ने डर छ । ’
देशमा कम्युनिस्ट पाटिको सरकार छ तर किसानका छोराछोरी बारी खेत धितो राखेर अरबका खाडीहरु गईरहेका छन् । यस्तो बेला माक्र्स बाचेको भए र यस्तो अवस्था देखेको भए के भन्थे होला भन्दै कार्किले चिन्ता समेत व्यक्त गरे ।
पुर्व सन्चारमन्त्री समेत रहेका कार्किले सरकारले टेलिकममा झालाई गरेको नियुक्ती र अन्य कृयाकलापले जनतामा निराशा सृजना गरेको समेत बताए। उनले माक्र्सवादलाई समय अनुसार संशोधन गर्दै लैजानु पर्ने पनि बताए।
उनले संसारका कम्युनिस्ट नेताहरु माक्र्स, एंग्लेस, क्यास्ट्रो, माओ सबैले जनताबाट शक्ति, ज्ञान र सल्लाह लिएर काम गरे जसका कारण अहिले सम्म जिवन्त रहेको उल्लेख गदै हाम्रा नेताहरु जनतालाइ पाखा लगाएर माथीबाट शक्ति, ज्ञान र सल्लाह लिएर काम गरिरहेको जनाउदैं तत्काल ती कृयाकलाप नसच्चाए देश बेथीतिमा चुलुम्र्म डुब्ने दाबी गरे।
सोही कार्यक्रममा नेकपाकै नेता डा विजय पौडेलले अहिलेकोको सरकार असफल भयो भने जहाजै डुब्ने जनाउँदै सबै मिलेर सरकार सफल बनाउनुपर्नेमा जोड दिए। उनले बेथितिको विरोध गर्दा पार्टी फुट्छ भनेर भ्रम फैलाइएकोमा दुख पनि व्यक्त गरे। उनले कार्लमाक्सको अन्तिम संस्कारमा १३ जना मलामी भएको स्मरण गराउदैं अहिले विश्वका आधा जनसंख्या उनको अनुयायी भएको भन्दै सत्य सधैं सत्य हुने पनि बताए। डा पौडेलले माक्र्सवादी शिक्षाको अभावको कारण देशले गति लिन नसकेको पनि टिप्पणी गरे।
कार्यक्रममा नेकपाका नेता तथा प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल, नेताहरु ठाकुर गैरे, पुरुषोत्तम घिमिरे, सिद्धीचरण भट्टराई, बाबुलाल यादब , विष्णु पन्थि लगायतले मन्तब्य राख्दै माक्र्सवाद विर्सियो भने दुरदिन शुरु हुने बताए।
नेताहरुले माक्र्सवादको जगमा देशैभर कम्तिमा २५ हजार नेता, कार्यकर्ता एक भएमा देशमा कायापलट हुने पनि विश्वास व्यक्त गरे। २०७४ साल भदौं १३ गतेदेखी १७ गते सम्म काभ्रेको धुलिखेलमा पहिलो माक्र्सवादी प्रशिक्षण शुरु गरेका तत्कालिन एमाले, माओवादी , राजमोले २ वर्षभित्र १० हजार माक्र्सवादी ज्ञानमा पारंगत प्रशिक्षण तयार गर्ने अभियान थालेका हुन्।
अबको केही हप्ता भित्र माक्र्सवाद सम्बन्धी किताब छाप्ने, प्रत्येक प्रदेशबाट ३० वर्ष भन्दा मुनिका ७ जनाका दरले प्रशिक्षक छनौट गर्ने र ती प्रशिक्षकले हरेक पालिकामा गई प्रशिक्षण चलाउनेगरी कम्तिमा १० हजार विद्यार्थि तयार गर्ने लक्ष्य लिई देशैभरी अभियान चलाइएको आयोजकले बताएका छन्।
रुपन्देहीमा सम्पन्न कार्यक्रममा स्थानिय सरकारका प्रमुख, उपप्रमुख सहित निर्वाचित जनप्रतिनिधीको पनि बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा करिब १२ सय संख्यामा सहभागीहरु रहेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४