बिहीबार, वैशाख १३, २०८१

'कांग्रेस मधेश झर्न जरुरी छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रको रक्षाको लागि प्रमुख प्रतिपक्षी दलको हैसियतले भएपनि कांग्रेसले तराई-मधेशमा स्पेसल कार्यक्रम लिएर जानु पर्ने सुझाव दिएका छन्।

नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको १०५ औं जन्मजयन्तीको अवसरमा शुक्रबार विपी स्मृति ट्रष्टले राजधानीमा आयोजना गरेको पुरस्कार वितरण समारोह प्रथम राष्ट्रपति डा यादवले तराई-मधेश र पहाडलाई जोड्न सक्ने तथा पहाड र तराई बुझ्न सक्ने नेतालाई विशेष कार्यक्रम लिएर त्यसतर्फ जान जरुरी रहेको बताएका हुन्।

‘मैले जनता र जनप्रतिनिधिलाई सम्झँदै ढोगेर जारी भएको संविधान तीनै तहको निर्वाचनपछि कार्यान्वनयमा आएको छ’, डा यादवले भने, ‘संविधान जारी हुने बेलामा र निर्वाचन हुने बेलामा मधेशमा गोली नचलेको भए कांग्रेसको हालत मधेशमा कमजोर हुने थिएन। उनले कांग्रेसको प्रभाव मधेशमा कमजोर भएकोले मधेशलाई पहाडसँग जोड्ने नेता चाहिएको बताए।

बीपी कोइरालाका समकालिन नेतामा जस्तो आचरण र व्यवहार अहिलेका नेतामा नभएको भन्दै डा यादवले त्यागी र स्वभिमानी नेताको अघि आफूहरुको समेत श्रद्धा रहेको तर अहिलेको नेतामा त्यस्तो गुण नपाएको गुनासो गरे। 

उनले उसबेलाका सुवार्ण शम्शेर राणा, रामनारायण मिश्र, सरोज कोइराला, रुद्रप्रसाद गिरी र महेन्द्रनारायण निधि जस्ता नेता कांग्रेसमा अहिले नभेटिएको गुनासो गरे।
विगतमा कांग्रेका पूर्वसभापतिहरु कृष्णप्रसाद भट्टाराई र गिरिजाप्रसाद कोइरालाबीचको मनमुटावलाई बाहिरी रुपमा मिलाउन आफूलाई भूमिका दिए पनि भित्री भूमिका नेता चक्रप्रसाद बास्तोलालाई दिने गरेको दाबी गरे। 

वीपी सेनानी पुरस्कार चक्र बास्तोलालाई 


                                                           पुरस्कार र ग्रहरण गर्दै चक्र बाँस्तोलाकी श्रीमती कुशुम बाँस्तोला

बीपी ट्रष्टले यसबर्ष २०७५ सालको बीपी सेनानी सम्मानबाट कांग्रेसका नेता चक्रप्रसाद बास्तोलालाई दिएको छ। एक लाख पुरस्कार राशी रहेको सो पुरस्कार प्रथम राष्ट्रपति डा. रामबरण यादबले शुक्रबार बास्तोलाकी धर्मपत्नी कुसुम आचार्यलाई सो कार्यक्रममा वितरण गरेका हुन्। 

बनारस हिन्दु विश्वविद्यालयमा स्नातकोत्तर तह उतिर्ण गरेका बास्तोलासँग बीपी कोइरालाको भेट भएपछि बीपीले भाञ्जी मधु आचार्यको विवाह गराई दिएका थिए। मधु निधन भए पछि उनकै बहिनी कुसुमसँग बास्तोलाको बिबाह भएको थियो। चार बर्षअघि पक्षघातका कारण अर्धचेत अवस्थामा रहेका बास्तोला घरमै स्वास्थ्य लाभ गरिरहेका छन्।

२०२९ सालको जहाज अपहरण काण्डका योजनाकार, शसस्त्र क्रान्तिका रणनीतिकार, कुटनीति र साहित्यीक क्षेत्रमा दक्षता हासिल गरेका बास्तोलाले कृषि, पर्यटन, परराष्ट्र, गृह मन्त्रालय र भारतका लागि नेपाली राजदूतको भूमिका निर्वाह गरिसकेका थिए।  

कार्यक्रममा साहित्यीक पत्रकार रोचक घिमिरेलाई यस बर्षको बीपी साहित्य सम्मानले पुरस्कृत गरिएको छ। यो पुरस्कारको राषी ५० हजार रुपैयाँको छ। घिमिरेले साहित्यकार तारणीप्रसाद कोइरालाको प्रेरणाबाट कल्पना साहित्यिक पत्रिकाबाट पत्रकारितामा प्रवेश गरेका थिए। 

पुरस्कृत बास्तोलाकी धर्मपत्नी कुसुमले बीपी सेनानी सम्मानबाट आफूले बीपीलाई सम्झन पाएको बताइन्। अर्का पुरस्कृत व्यक्तित्व घिमिरेले सरकारले साहित्यिक पत्रकारितालाई अनुपत्पादक भनेर उपेक्षा गरेको गुनासो गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।