बिहीबार, वैशाख १३, २०८१

बलात्कारी जोगाउने एसपी माझीले कसरी पाए जनसेवा पदक?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-बलात्कारी जोगाउन आर्थिक चलखेल गरेको आरोपमा प्रहरी प्रधान कार्यालयबाटै निलम्बनसहित बढुवा रोक्काको कारवाहीमा परेका तल्कालीन सुनसरी प्रहरी प्रमुख एसपी विद्यानन्द माझी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा पदकबाट विभुषित भएका छन्।

इटहरीमा भएको घटनालाई एसपी माझीले गुपचुप मिलापत्र गराएका थिए। उक्त विषय सार्वजनिक भएपछि एसपी माझीसहित प्रहरी निरीक्षक चिरञ्जीवी दाहाल निलम्बनमा परेका थिए।

तत्कालीन प्रदेश-१ प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले एसएसपी हरिबहादुर पालको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेका थिए। सोही समितिको सिफारिसमा एसपी माझी र निरीक्षक चिरञ्जीवी दाहाल निलम्बनमा परेका थिए। उनीहरूको बढुवा तीन महिना रोक्ने गरी विभागीय कारवाही गरिएको थियो।

के थियो घटना?

आठ महिनाअघि अर्थात् सन् २०१८ नयाँ वर्षको अघिल्लो दिन इटहरीमा १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी थिएन्। प्रेमीले सामान्य भेटघाटका लागि स्थानीय हलगाडा चोकमा बेलाए। त्यहाँको रेस्टुराँमा बसेर प्रेमी र उनका साथीहरूले बियर पिएर किशोरीलाई सामूहिक कुटपिट गर्दै बलात्कार गरेका थिए।

धरानस्थित घरमा पुगेर उनले आफूमाथि सामूहिक बलात्कार भएको साथीलाई बताएकी थिइन्। आफन्त र साथीहरूले मेडिकल परीक्षण गराएर बलात्कारीमाथि हदैसम्म कारवाही माग गर्दै उजुरी दिएका थिए। एसपी माझी र इलाका प्रहरी इटहरीका तत्कालीन निरीक्षक दाहालले पीडितको उजुरी नै दर्ता गरेनन्।

पीडकसँग मिलेर एसपी माझी र निरीक्षक दाहालले ३० देखि ४० लाख रुपैयाँ लिएर घटना गुपचुपमा मिलापत्र गराएको आरोप लागेको थियो। छानविन समितिले एसपी माझीले प्रहरीको सिद्धान्तविपरित छानविन गराएको ठहर गर्दै निलम्बनको सिफारिस गरेको थियो। उनी २३ माघ ०७४ मा निलम्बनमा परेका थिए।

स्रोतका अनुसार एसपी माझी कांग्रेस नेता तथा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारका आफन्त हुन्। सोही कारण त्यतिबेला सुनसरी एसपीका रूपमा माझीको रवैया भिन्दै खालको देखिएको सहकर्मीहरू बताउँछन्।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको पदक सिफारिस गृह मन्त्रालयले हटाउन नसकेको स्रोतको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।