शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : गोपनीयता विधेयकमा पर्नैपर्ने संसोधन परेन 

आजका अखबार : गोपनीयता विधेयकमा पर्नैपर्ने संसोधन परेन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित  राष्ट्रिय दैनिक अखबारहरुले बिविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले गोपनीयता विधेयकका ९० विषयमा संसोधनको प्रस्ताव परेको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले त्रिविका प्राध्यापकबाटै प्रश्नपत्र आउट गरिएको विषयलाई प्राथमिकतामा पारेका छन् । 

आजको कान्तिपुर र नागरिक दैनिकले गोपनियता विधेयकमा रहेका प्रावधान र संसोधनका लागि परेको प्रस्तावको विषयलाई मुख्य समाचार बनाएका छन् । कान्तिपुरमा प्रकाशित समाचारअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिकै धेरै विषय गोप्य राख्ने गरी ल्याइएको वैयक्तिक गोपनीयताको विधेयकमाथि दर्जनौं सांसदले संशोधन प्रस्ताव राखेका छन् ।

उनीहरू सार्वजनिक पदधारीको सम्पत्ति, शैक्षिक योग्यता प्रमाणपत्रलगायत विवरण सार्वजनिक गर्न रोक लगाउन नहुने पक्षमा छन् । ३१ जना सांसदले एकल तथा सामूहिक गरी प्रस्तावित विधेयकको ९० वटा विषयमा संशोधन हालेका हुन् । सत्तारूढ दलकै सांसद गोपनीयताको हकका नाममा सार्वजनिक पदधारीलाई दिन खोजिएको उन्मुक्तिको विरोधमा देखिएका छन् ।

यता नागरिक दैनिकले भने गोपनियता विधेयकमाथि विभिन्न बुँदाहरु संसोधनको माग गरिए वैयक्तिक सूचना संकलनमा लगाइएको अंकुश हटाउन भने कसैले पनि माग नगरेको खबर लेखेको छ । उसले वैयक्तिक सूचना संकलनका लागि लगाईको सात सर्तमा संसोधन नगरेको भन्दै यसमा सांसदहरुको पनि समर्थन देखिएको उल्लेख गरेको छ । प्रेसलाई केन्द्रमा राखेर विधेयकको दफा २३ को उपदफा ४ मा वैयक्तिक सुचना संकलनमा ७ वटा पूर्वसर्त राखिएको नागरिकले लेखेको छ । 

यस्तै नागरिक दैनिकले राष्ट्रपतिलाई दबाब दिए सात वर्ष कैद शीर्षकमा अर्को मुख्य खबर छापेको छ । मुलुकी अपराध संहितामाको राज्यविरुद्धको कसुरको दफा ५८ मा रहेको यो व्यबस्था प्रति आपत्ति जनाउदै कानुनविद्हरुले त्यसलाई खारेज गर्नुपर्ने माग गरेका छन् । नागरिकले ३३ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा थन्किएको विषयलाई पनि महत्वकासाथ प्रकाशित गरेको छ । 

यस्तै आजको नयाँ पत्रिकाले प्राध्यापकबाटै प्रश्नपत्र आउट शीर्षकमा मुख्य समाचार छापेको छ । त्रिविमा आइतबार र मंगलबार लगातार स्नातकोत्तर तहको प्रश्नपत्र आउट भएको थियो भने परिक्षा पनि स्थगित गरिएको समाचारमा जनाइएको छ ।

नयाँ पत्रिकाले केहि दिनदेखि लगातार त्रिविमा रहेको वेथितीहरु उठान गरिरहेको छ । यस्तै कर्मचारी बढुवा अब ९० प्रतिशत ज्येष्ठताका आधारमा र १० प्रतिशत क्षमताका आधारमा हुने विषयलाई पनि नयाँ पत्रिकाले महत्वका साथ छापेको छ । 

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री जाने शीर्षकमा एङ्कर न्युज छापेको आजको अन्नपूर्ण पोस्ट्ले मन्दिरको गेट बाहिर तीन घण्टा शीर्षकमा मुख्य समाचार छापेको छ । शिक्षा अभियन्ता उत्तम सञ्जेलको विवाहमा शुभकामना दिन गएका एक ७५ वर्षीय बेलायति नागरिक तीन घण्टा पशुपतिनाथ बाहिर कुरेर बसेको विषयलाई अन्नपूर्णले मुख्य समाचार बनाएको हो । 

आजको कारोबार दैनिकले भने नफामूलक उद्योग खोल्ने सेनाको प्रस्ताव रक्षा मन्त्रालयबाटै अस्विकृत भएको र यूएस बंगला दुर्घटनाको अध्ययन प्रतिवेदनले तनावमा रहेका क्यापटेनलाई मुख्य दोषी देखाएको विषयलाई प्रमुख समाचार बनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।