शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण: 'प्रहरी र मेयरको कमजोरीले हिंसा भड्कियो'

निर्मला हत्या प्रकरण: 'प्रहरी र मेयरको कमजोरीले हिंसा भड्कियो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- कञ्चनपुरको भीमदत्त नगरपालिकामा भएको निर्मला पन्त हत्याकाण्डपछि भड्किएको हिंसाको मुख्य कारण प्रहरी प्रमुख र मेयरको कमजोरी भएको कांग्रेसले निष्कर्ष निकालेको छ।

 कांग्रेस केन्द्रीय सदस्य तथा सांसद दिलेन्द्रप्रसाद बडुको नेतृत्वमा गठन भएको अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा स्थानीय प्रहरी बिट, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरीले खोजविनमा सहयोग नगरेका कारण घटनाको छानविनबाट दोषी पक्राउ पर्न नसकेको जनाइएको छ। 

बडुको नेतृत्वमा केन्द्रीय सदस्य बीरबहादुर बलायर सदस्य रहेको समितिले घटनापछि भीमदत्त नगरपालिकाका मेयरले घटनास्थलमा नगई कहिले प्रहरीले रोकेको त कहिले सर्पले टोकेर मृत्यु हुन सक्नेजस्ता अभिव्यक्ति दिएको र नेकपाकै एक उच्च नेताले 'कांग्रेसले लाशमाथि राजनीति गरेको' भनेर आरोप लगाएर परिस्थितिलाई उत्तेजित बनाएको अरोप लगाइएको छ। 

अध्ययन प्रतिवेदनको बारेमा सोमबार व्यवस्थापिका संसदमा जानकारी गराउँदै बडुले खोजविनका लागि स्थानीय प्रहरी बिट, वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयसमेतबाट ‘आज समय छैन, भोलि फोटोसहित उजुरी दर्ता गरे खोजौंला के को हतार’ भनेर १० साउनमा अत्यन्त हल्का र गैरजिम्मेवार जवाफ दिएको बताए। 

प्रतिवेदनमा १० साउनमा भीमदत्त नगरपालिका निवासी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना मावन सभ्यताकै कलंकको रूपमा अंकित भएकाले छानविनमा सहयोग पुर्‍याउने र वास्तविक दोषी पत्ता नलगाई ढाकछोप गर्ने प्रयास देखिएमा न्यायका लागि सम्पूर्ण जनता पुनः सशक्त आन्दोलनमा उत्रने चेतावनी दिइएको छ। १० साउनमा रोशनी बमको घरमा गएकी निर्मला पन्त साँझ पाँच बजेसम्म पनि नफर्किएपछि आमा दुर्गादेवी केही साथी लिएर बम दिदीबहिनीको घरमा जाँदा कम्पाउन्डभित्र पस्न नदिएको र २ बजे नै फर्किसकेको तथा यसबारे केही थाहा नभएको र बढी कुरा नसोध्न भन्दै आक्रोश र अपमानपूर्ण व्यवहार गरेको प्रतिवेदनमा उल्लेख छ। 

घटनाको दोस्रो दिन बिहान ९ बजे नगरपालिका वडा नम्बर २ निम्बुखेडा खोलाछेउमा निर्मलाको साइकल भेटिएको र पुनः केही जानकारी लिन बम परिवारमा पुग्दा जेठी बहिनी बबिता बमले ‘निर्मलाको लाश पनि त्यहीं वरपर होला’ भन्ने एकाएक गम्भीर शंका लाग्ने आवेशपूर्ण जवाफ दिएको पाइएको बताइएको छ। 

प्रतिवेदनमा प्रहरीलाई खबर गरी खोज्दा खोलको अर्कोपट्टी उखुबारीमा बलात्कृत अर्धनग्न लास भेटिएको र घटनास्थलमा निर्मलाको बुवा र आमाले बोलाउँदासमेत भीमदत्त नगरपालिकाका मेयरले ‘आउँछु, आउँछु’ भनेको तर नआएको र पछि ‘प्रहरीले रोकेकाले आफू नआएको’ भनेको जनाइएको छ। यस्तै, नगरका मेयरले नगरपालिकाका-१८ का अध्यक्षले बोलाउँदा ‘उखुबारीमा सर्पले टोकेर पनि मृत्यु भएको हुन सक्छ’ भनेपछि सो अभिव्यक्तिले सर्वसाधरणको आक्रोस तीव्र बनेको पाइएको जनाइएको छ। 

प्रतिवेदनमा ‘यस्तो गम्भीर घटनालाई प्रहरी, प्रशासन र स्थानीय जनप्रतिनिधिले समेत गम्भीर रूपमा नलिएको, प्रहरी छानविनमा ढिलाइ र छानविन फितलो बनाइएको देखिएको, २४ दिनपछि प्रहरीले स्थानीय बासिन्दाले पत्याउनै नसकिने मानसिक सन्तुलन बिग्रेको मागेर हिँड्ने दिलिपसिंह बिष्टलाई दोषी देखाउन खोजेको’ उल्लेख छ।
 
प्रतिवेदनले सत्ता पक्षकै जिम्मेवार नेताबाट ‘कांग्रेसका केही नेताहरूले यस घटनामा लाशमाथि राजनीति गरिरहेको’ भन्ने हल्का टिप्पणीलाई जनताले पचाउन नसकेको र न्यायका लागि सडकमा उत्रिएका जनतामाथि विवेक र संयम गुमाएको प्रहरी प्रशासनबाट अत्यन्तै निर्ममतापूर्वक गोली प्रहार गरी जनधनको क्षति गरेको निष्कर्ष निकालेको छ। 

प्रहरीको दमनबाट १७ वर्षीय निर्दोष बालक सन्नी खुनाको मृत्यु भएको र ३२ जना महिला, पुरुष घाइते र अपांग भएको, उच्चस्तरीय छानविन समिति गठनपछि स्थानीयवासी र प्रशासनको पहलमा ५ र ९ गतेको सर्वदलीय बैठकको निर्णयानुसार मृतकलाई शहीद घोषणा र क्षतिपूर्ति, घाइतेको उपचार र तोकिएकै समयमा निष्पक्ष छानविन गर्नुपर्ने प्रतिवेदनमा माग गरिएको छ।
 
वास्तविक दोषी जो भए पनि कारवाही गरी समयभित्रै न्यायपूर्ण निर्णयमा पुग्नका लागि आन्दोलन स्थगित गरेर जनता बसेकाले पुन: त्यस्तो सशक्त आन्दोलनमा जानुपर्ने र राष्ट्रले थप क्षति बेहोर्नुपर्ने अप्रिय स्थिति आउन नदिन जिम्मेवार बन्न सरकारको गम्भीर ध्यानाकर्षणकांग्रेसले गराएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।