बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ८.५९ अंकले बढ्यो नेप्से, कारोबार र इन्डेक्समा पनि बृद्धि

८.५९ अंकले बढ्यो नेप्से, कारोबार र इन्डेक्समा पनि बृद्धि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-पछिल्लो समय लगातार ओरालो लागेका नेप्से यो साताको शुरुवातमै बढेको छ । अधिकांश समूहको परिसूचक हरियो हुदा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ८.५९ अंकले बढेर एक हजार १९०.२८ विन्दुमा पुगेको छ । साताको शुरुमै नेप्से बढ्नाले लगानीकर्ताहरुले आगामी बजार बढ्ने अपेक्षा गरेका छन् ।

‘क’ वर्गको कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.०१ अंकले बढेर २५१.८० बिन्दुमा पुगेको छ ।

आइतबार १६४ कम्पनीको ४ हजार २४२ कारोबारबाट ९ लाख ६० हजार ७१४ पटक शेयर खरिद बिक्री भएको छ । जसमा ३० करोड २५ लाख ९७ हजार २०१ रुपैयाँको कारोबार भएको छ ।

गएको सातको अन्तिम बिहीबार पनि नेप्से परिसूचक ९.३९ अंक बढ्दा कारोेबार २१ करोड ९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको थियो । अहिले कारोबार समेत ९ करोडले बढेको छ ।

शेयर बजारमा आएका १० समूह मध्ये ७ समूहको नेप्से परिसूचक बढेको छ । जसमा सबैभन्दा धेरै होटेल समूहको परिसूचक ३२.११ अंक बढेको हो ।

त्यसपछि ननलाईफ इन्स्योरेन्स समूहको परिसूचक २९.४३, विकास बैंकको परिसूचक १३.५२, बैंकीङ समूहको परिसूचक ११.१४, माइक्रोफाइनान्स समूहको परिसूचक १०.१४ अंक बढेको छ ।

हाइड्रोपावार समूहको परिसूचक ५.१३, फाइनान्सको परिसूचक ०.९४ बढेको छ । यद्यपी उत्पादनमुलक समूह, अन्य र लाइफ इन्स्योरेन्स समूहको परिसूचक भने क्रमशः ०.७५, १.९ र १.०८ अंक घटेको नेपाल स्टक एक्स्जेन्जले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्