बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रक्षामन्‍त्रीको छाता प्रकरण : स्वकीय सचिवले भने- 'नियत नै बांगो'

रक्षामन्‍त्रीको छाता प्रकरण : स्वकीय सचिवले भने- 'नियत नै बांगो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बिमस्टेकको सम्मेलनमा भाग लिन आउने क्रममा अतिथि सत्कारको जिम्मा पाएका थिए, उपप्रधानमन्त्री ईश्वर पोखरेलले। पोखरेलले थाइल्यान्डका प्रधानमन्त्रीलाई स्वागत गर्ने क्रममा उनलाई सैनिकले छाता ओढाएका थिए। 

तर, थाइल्यान्डका प्रधानमन्त्रीले आफैं छाता समाएका थिए। यो तस्बिरको विषयमा तुलाना गर्दै सामाजिक सञ्जालमा पोखरेलको निकै आलोचना भएको छ। तर, आइतबार बिहान पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले त्यसको प्रतिवाद गर्दै फेसबुकमा स्ट्याटस लेखेका छन्। स्ट्याटसमा उनले नियत बांगो भएकाहरूले 'कु' प्रचार गरेको बताएका छन्। उनले यसरी स्पष्टीकरण दिएका छन्- 

'लेख्नैपर्ने भएपछि लेख्दैछु, तल राखिएको फोटोका बारेमा एक प्रत्यक्षदर्शीको हैसियतले यथार्थ घटना जानकारी गराउन खोज्दैछु। 

बिमस्टेकमा सहभागी हुने अति विशिष्ट पाहुना (राष्ट्रपति र प्रधानमन्त्री) हरूलाई उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत/विदाई गर्ने सरकारको योजना बमोजिम २०७५ भाद्र १५ गते पनि उहाँसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित हामी दिउँसो १२.३० बजे विमानस्थलको विशिष्ट व्यक्तित्वलाई स्वागत र विदाई गर्ने स्थलमा पुगिसकेका थियौं। 

दिउँसो १ बजे बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई विदाई गरेपछि १.३० बजे थाइल्यान्डका प्रधानमन्त्री चाङ–ओ–चा निर्धारित समयमै विमानस्थल पुग्नुभयो। उहाँलाई गाडीबाट स्वागत गरी सम्मान गर्ने स्थलमा पैदल स्कर्टिङ गरिरहँदा एक्कासी सिमसिमे पानी पर्‍यो। 

मौसममा आउने सामान्य परिवर्तनले यस्तो विशिष्ट व्यक्तिका लागि निर्धारित तालिका र व्यवस्थालाई परिवर्तन गरेर ‘एकछिन रोकौं’ भन्ने कुरा भएन, पैदल स्कर्टिङ अगाडि बढिरह्यो।

यही निमेषमै एक जना नेपाली सेनाका साथीले एउटा छाता लिएर आउनुभयो र उपप्रधानमन्त्रीज्यूले स्वाभाविक हिसाबले अतिथि थाइल्यान्डका प्रधानमन्त्रीलाई ओढाइदिन निर्देशन दिनुभयो र सेनाका ती साथीले त्यसै गर्नुभयो। सेनाका ती साथीभन्दा थाइल्यान्डका प्रधानमन्त्री अग्लो भएकाले छाता ओढाइ अलि अप्ठ्यारो भएपछि थाइल्यान्डका प्रधानमन्त्रीज्यूले छाता आफैं बोक्नुभयो र यात्रा अगाडि बढ्यो।

यत्तिकैमा नेपाली सेनाका अरू साथीहरूले पनि केही छाता बोकेर पछाडिबाट कुदेर आउनुभयो र उपप्रधानमन्त्रीसहित अन्य महानुभावहरूलाई पानीबाट जोगाउने प्रयास गर्नुभयो। विदाई कार्यक्रममा फोटोमा देखाइएका भन्दा अरू धेरै जना उच्च तहका नेपाल तथा थाइल्यान्डका पदाधिकारीहरूको उपस्थिति थियो।

यद्यपि, व्यक्तिलाई रुझाउने खालको पानी अवश्य थिएन, मसिनो सिमसिम पानी परिरहेको थियो। विदाइ गर्ने स्थलमा पुगेपछि उपप्रधानन्त्रीज्यूले पाहुनालाई फूलको गुच्छा प्रदान गरी विदाइ गर्नुभयो। 

फूलको गुच्छा लिने बेलामा पाहुना थाइल्यान्डका प्रधानमन्त्रीज्यूले छाता फेरि नेपाली सेनाका साथीलाई सुम्पनुभयो र फूल स्वीकारी अगाडि तयार भइसकेको स्कर्टसहितको गाडी चढ्नुभयो। राष्ट्रको औपचारिक समारोह भएकाले प्रशस्त पत्रकार तथा क्यामरापर्सनहरू तयारी अवस्थामा हुनुहुन्थ्यो र सम्पूर्ण घटना क्यामेरामा कैद गरिरहनुभएको थियो। लेख्दा लामो भए पनि यो विवरण लगभग १० सेकेन्डभित्रको घटना हो। 

यही निमेषको घटनामा खिचिएका सयौं फोटोमध्ये एक फोटोमा आधारित भएर समग्र व्यक्तिको चरित्रसँग तुलना गरेर फेसबुकमा चासोहरू व्यक्त भइइरहे। यो स्पष्टीकरण हाम्रा असल नियतका साथीहरूका लागि सम्प्रेषण गरिएको हो, जो यथार्थ जानकारी नहुँदा फेसबुकमा आएका तुच्छ शब्दहरूबाट दुःखित तर 'डिफेन्सिभ' हुनुभएको छन्। 

नियत नै बांगा भएका महानुभावहरूलाई यो समय खर्चनु आवश्यक थिएन र खर्चेको पनि होइन। मसिनो घटनालाई अतिरञ्जित गरी प्रस्तुत गर्ने र त्यसलार्इ विश्वास गर्ने महानुभावहरूप्रति रिस हैन, दया लागेको छ र चिन्ता पनि लागेको छ- हाम्रो समाजमा यस्ता महानुभावहरूको उपस्थिति छ भनेर।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।