बिहीबार, वैशाख १३, २०८१

आजका अखबार : मुलुकी संहिता विदेशी स्वार्थमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलाई प्राथमिकतामा पारेका छन् । 

आजको नागरिक दैनिकले 'विदेशी स्वार्थमा मुलुकी संहिता' शीर्षकमा मुख्य समाचार छापेको छ भने संहिताको विरोधमा चिकित्सकहरुले आजबाट देशभरका सवस्थ्य सेवा बन्द गरेको खबर पनि लेखेको छ । संहिता संसोधन गर्न भन्दै नेपाल चिकित्सक संघले सरकार अल्टिमेटम दिएको थियो । यस्तै मुलुकी संहिता संविधानविपरित बनेको र निर्माणका क्रममा न्यायाधीशहरुले समेत त्यसको विरोध नागरिकले उल्लेख गरेको छ । 

मन्त्रीलाई कालो झन्डा देखाउँदा राज्य विप्लवको मुद्दा खेपेका राममनोहर यादवको हिरासतमै मृत्यु भएको विषयलाई एङ्क न्यूज बनाएको आजको नयाँ पत्रिकाले 'विश्वविद्यालयमा सम्बन्धनको व्यापार' शीर्षकमा मुख्य समाचार छापेको छ ।

विश्वविद्यालयमा भइरहेको सम्बन्धनको व्यापारलाई बसहको विषय बनाउदै नयाँ पत्रिकाले विभिन्न विश्वविद्यालयहरुले पैसा कमाउनकै लागि भद्रगोल तरिकाले सम्बन्धन दिएको  उल्लेख गरेको छ । 

बौद्धदर्शन अध्ययन गराउने उद्देश्य बोकेको लुम्बिनी बौद्ध विश्वविद्यालयद्धारा  इन्जिनियरिङ सम्बन्धन दिएको, काठमाडौंको इन्जिनियरिङ कलेजलाई मध्यपश्मि विश्वविद्यालयले सम्बन्धन दिएको, कृषि क्याम्पसलाई संस्कृत विश्वविद्यालयले सम्बन्धन दिने तयारी गरेको, सुदुरपश्चिम विश्वविद्यालयले  एकैपटक २ सय ५३ कलेजलाई सम्बन्धन दिने तयारी गरेको नयाँ पत्रिकाले लेखेको छ । नयाँ पत्रिकासंग कुरा गर्दै त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले सम्बन्धनको धन्दा रोकेर विश्वविद्यालय खोल्न दिनु पर्ने तर्क गरेका छन् । 

आजको कान्तिपुरले भने धरान स्थित वीपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठानमा एकै बेडमा तीनजना गर्भवती राखेर जाँच गर्नुपर्ने अवस्था रहेको विषयलाई प्राथमिकताका साथ छापेको छ। प्रसूति विभागमा दैनिक क्षमता ३० जनाको भएपनि दैनिक ६० देखि ८० जनासम्म गर्भवती प्रसूतीका लागि आउने गरेका छन् । ठाउँ अभावका कारण चिकित्सक हैरान हुने गरेको कान्तिपुरले लेखेको छ । यस्तै कान्तिपुरले 'बिमस्टेकमा नेपाल : समुन्द्रसंग पहाड जोड्न पहल' शीर्षकमा प्राथमिकताका साथ अर्को खबर छापेको छ ।  

प्रदेश ५ मा एक सातामा ६ बलात्कार भएको र अधिकांश आफन्तबाटै भएको विषयलाई मुख्य समाचार बनाएको आजको अन्नपूर्ण पोस्ट्ले नेकपाका नेता विदेशमै व्यस्त बनेको खबरलाई प्राथमिकताका साथ छापेको छ । पार्टीको तल्लो कमिटिको एकिकरणलाई थाति राखेर नेताहरु विदेश घुम्न व्यस्त हुँदा पार्टीको काम नै प्रभावित हुन थालेको समाचारमा जनाइएको छ  । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।