काठमाडौं- जनता समाजवादी पार्टीबाट निष्कासनमा परेपछि लुम्बिनी प्रदेशसभा सांसद पद गुमाएका तीन जनाले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
पार्टीले कारबाही गरेपछि सांसद पद गुमाएका जसपाका तीन सांसद विजयबहादुर यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेय पार्टी र प्रदेशसभाको निर्णयविरुद्ध सर्वोेच्च अदालत पुगेका थिए।
सोेमबार न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुले सांसद पद थमौतिका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
सर्वोच्च अदालतले विपक्षीसँग लिखित जवाफ माग गरेकोे छ भने रिट निवेदकले माग दाबी गरेको अन्तरिम आदेशबारे छलफल गर्न भदौ ८ गते दुवै पक्षलाई बोलाएको छ।