शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महाकालीमा बेपत्ता भएका धामीलाई खोज्न ड्रोनको प्रयोग गरिँदै

महाकालीमा बेपत्ता भएका धामीलाई खोज्न ड्रोनको प्रयोग गरिँदै

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुत्काउँदा महाकाली नदीमा बेपता भएका दार्चुलाका जयसिंह धामीको शव खोेज्न ड्रोनको प्रयोग गरिने भएको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं- भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुत्काउँदा महाकाली नदीमा बेपता भएका दार्चुलाका जयसिंह धामीको शव खोेज्न ड्रोनको प्रयोग गरिने भएको छ।

triton college

साउन १५ गते महाकालीमा बेपत्ता भएका धामी अहिलेसम्म पनि फेला नपरेपछि ड्रोनको प्रयोग गरेर खोज्न लागिएको दार्चुला प्रशासन कार्यालयले जनाएको छ।

‘घटना भएको १० दिन भइसक्दा पनि धामीको शव नभेटिएकाले ड्रोनको प्रयोग गरी शव खोज्ने योजना बनाएका छौं यसका लागि भारतीय पक्षसँग पनि समन्वय गरिरहेका छौं’ दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले भनिन्। 

बेपता धामीको शव खोजी कार्यमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा भारततर्फबाट एसएसबीको टोली खटिए पनि अहिलेसम्म फेला परेको छैन।

धामीको शव भारत र नेपाल दुवैतर्फ खोज्नुपर्ने भएकाले भारतलाई समन्वयका लागि पत्राचार गरेकोे भए पनि भारतले भने पत्रको जवाफ दिएको छैन। 

corrent noodles
Metro Mart

‘भारतको पत्र कुरिरहेका छौं,भारतले समन्वय गरे दुवैतिर खोज्छौं नत्र नेपालतर्फ मात्रै भए पनि ड्रोनकोे प्रयोग गरेर शव खोज्छौं’उनले नेपालसमयसँग भनिन्।

सरकारले गठन गरेको दार्चुला घटनाको छानबिन समितिले पनि धामीको शव खोज्न ड्रोनको प्रयोग गर्नुपर्न बताएकोे भट्टले जनाइन्। भट्ट छानबिन समितिकी सदस्य हुन्।

साउन १७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिएको छ । 

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको छानबिन समितिमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखसमेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिम प्रदेशका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ रहेका छन्।

बेपत्ता भएका धामीको शव नपाइएपछि उनको परिवारले बेपत्ता भएकै ठाउँमा कुशको शव बनाई अन्तिम दाहसंस्कार गरिसकेको छ।

प्रकाशित: Aug 09, 2021| 14:31 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।