भैरहवा- शुक्रबार बिहानैदेखी भैरहवामा परेको अविरल वर्षाको कारण बजारको अधिकांश क्षेत्र डुबानमा परेको छ।
मौसम विभागको तथ्यांकलाई हेर्ने हो भने भैरहवामा शुक्रबार १ सय ४६ दशमलब ५ मिलिमिटर पानी परेको छ। भैरहवापछि पोखरामा ७५ दशमलब ५ मिलिमिटर, लुम्लेमा ७३ दशमलब ५ मिलिमिटर डडेलधुरामा ५४ मिलिमिटर, सिमरामा ५० दशमलब ६ मिलिमिटर पानी परेको छ।
अधिक वर्षा हुँदा भैरहवा काठमाण्डौं, भैरहवा पोखराका हवाई उडानहरु समेत अनियमित भएका छन्। दिउँसो २ बजेपछि मात्रैं बर्षा केही कम भएको थियो।
भैरहवाको सडकमा सवारी आवगमनमा समेत समस्या परेको थियो। साँझदेखी मौसम अनुकुल हुँदै गएको छ। यो वर्षको जुलाई २ तारिखका दिन सबैभन्दा बढी २ सय २६ दशमलब ९ दशमलब पानी परेको थियो भने शुक्रबार १ सय ४६ दशमलब ५ मिलिमिटर पानी परेको गौतमबुद्ध विमानस्थल भैरहवाको मौसम शाखाका प्रमुख राजेश झाले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४