शुक्रबार, वैशाख ७, २०८१

के के हुँदैछ बिमस्टेकको दोस्रो दिन आज ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन शुक्रबार सकिदै छ । बिहीबारबाट सुरु भएको सम्मेलनमा कनेक्टिभिटी, व्यापार, उर्जा, कृषि र जलवायू परिवर्तका विषयमा विशेष छलफल हुँदैछ । 

सम्मेनलनमा नेपाललले बुद्ध सर्किटका विषयमा पनि आजाव उठाएको छ । अहिलेसम्म बडापत्र बिहिन रहेको बिमस्टेकको बडापत्र बनाउने विषयमा पनि सम्मेलनले निर्णय गर्न सक्ने स्रोतको भनाइ छ । सम्मेलन आज दिउँसो १ बजे सकिने छ भने सम्मेलनका विषयमा लगतै पत्रकार सम्मेलन गरेर जानकारी गराइने भएको छ । 

प्रधानमन्त्री केपीशर्मा ओलीले बिहान ८ बजे होटल सोल्टीमै सदस्य राष्ट्र ६ देशका प्रमुखलाई रिट्रिट दिएका थिए ।  रिट्रिट सकिए पछि बिहान ११ बजे सम्मेलन पुनः सुरु हुँदैछ । सम्मेलनको दोस्रो सेसनमा विभिन्न एजेन्डा माथि छलफल गर्ने र पारित गर्ने कार्ययोजना छ । शिखर सम्मेलनले पारित गरेको एजेन्डाका विषयमा दिउसो १ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराइने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सम्मेलनमा नेपालका प्रधानमन्त्री केपीशर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम मन्त्रिपरिषद अध्यक्ष ल्योन्पो छिरिङ वाङचुक, श्रीलंका राष्ट्रपति मैत्रीपाल सिरीसेना, म्यानमारका राष्ट्रपति विन मिन्त, थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचा सहभागि छन् । 

बंगलादेशकी प्रधानमन्त्री हसिना भने सम्मेलनले पारित गरेका एजेन्डामा हस्ताक्षर नै नगरि स्वदेश फर्किदै छिन् । उनीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्यान्डका प्रधानमन्त्री, म्यानमारका राष्ट्रपति पनि आजै स्वदेश फकिर्ने भएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।