शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार :  बिमस्टेकमा कस्ता एजेन्डाले पाए प्राथमिकता ?

आजका अखबार :  बिमस्टेकमा कस्ता एजेन्डाले पाए प्राथमिकता ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले बिहीबारबाट सुरु भएको बिमस्टेक शिखर सम्मेलनको विषयलाई मुख्य प्राथमिकतामा पारेका छन् । 

कनेक्टिभिटी, ब्यापार र उर्जाका विषयमा विशेष केन्द्रित भएको बिमस्टेक शिखर सम्मेलनमा बुद्ध सर्किटका विषयमा पनि छलफल भएको छ । सम्मेलनमा सातै सदस्य राष्ट्र तथा सरकार प्रमुखले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीले बिमस्टेक सार्कको विकल्प बन्न नसक्ने धारणा राखेका थिए भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आधा दर्जन प्रस्ताव गरेका थिए । उनले बिमस्टेक महिला सांसदको विशेष फोरम बनाउन, पर्यटन, संस्कृति तथा कला र सामुद्रिक कानुन, सेन्टर फर बे अफ बंगाल स्थापना गर्नलगायतका प्रस्ताव गरेका थिए । 

यसै विषयलाई मुख्य समाचार बनाउदै आजको कान्तिपुर दैनिकले 'बिमस्टेकको मुख्य जोड कनेक्टिभिटी र बुद्ध सर्किट' शीर्षकमा खबर छापेको छ । अन्नपूर्ण पोस्ट्ले भने 'बिमस्टेक शिखर सम्मेलन सुरुः समृद्धिका लागि अर्थपूर्ण सहकार्य' शीर्षकमा खबर लेखेको छ ।

नागरिक दैनिकले प्रधानमन्त्री ओलीले बिमस्टेक सार्कको विकल्प बन्न सक्दैन भनि दिएको अभिब्यक्तिलाई मुख्य समाचार बनाएको छ । नयाँ पत्रिकाले 'लगानीमा सार्क अघि, व्यापारमा बिमस्टेक' शीर्षकमा खबर छापेको छ । कारोबार दैनिकले 'बिमस्टेकमा 'ब्लु' इकोनोमीको एजेन्डा' शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । 

बिमस्टेक बाहेका आजको कान्तिपुरले भारतसंग छुट्टै सम्झौता हुने खबर लेखेको छ । रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौता हुने भएको हो । नागरिक दैनिकले भने सत्यनिरुपण र वेपत्ता छानविन आयोगका पदाधिकारी र कानुनमन्त्री आरोपप्रत्यारोपमा उत्रिएको खबर छापेको छ । 

कात्तिकबाट कर्मचारी समायोजनको तयारी भएको विषयलाई एङ्कर न्यूज बनाएकोे आजको नयाँ पत्रिकाले गरिबी निवारण कोषको ३१ अर्बको अभिलेख नष्ट भएको खुलासा गरेको छ । कोषले २०६० सालदेखि सञ्चालन गर्दै आएको कार्यक्रमको डाटा भएको सफ्टवेयरमा क्षति भएको समाचारमा जनाइएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।