बिहीबार, वैशाख १३, २०८१

प्रदेशसभा अघि समाजिक परिचालक र प्रहरीबीच झडप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- विभिन्न माग राख्दै आन्दोलन गरिरहेका  सामाजिक परिचालक र प्रहरीबीच जनकपुरमा झडप भएको छ। प्रदेशसभा घेराउ गर्न पुगेका सामाजिक परिचालकहरुमाथी प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो। झडपको क्रममा प्रहरीले एक दर्जनभन्दा बढी सामाजिक परिचालकहरुलाई नियन्त्रणमा समेत लिएको छ।

बिहीबार प्रदेशसभा भवन जाने बाटो छेकेर आन्दोलनरत सामाजिक परिचालकहरुले प्रदर्शन गरेको थियो। प्रदेशसभा प्रवेश गर्ने बाटो नै बन्द हुनेगरी सामाजिक परिचालकहरुले प्रदर्शन गरेपछि नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ। यसअघि मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय घेराउ गर्न पुगेका उनीहरुले नियन्त्रणमा लिएको थियो।

स्थानीय निकायमा कार्यरत उनीहरुलाई गत अषाढदेखि सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि उनीहरु आन्दोलनमा होमिएका हुन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले माग सम्बोधनका लागि पहलगर्ने आश्वासन दिएपनि कुनै चासो नदेखाएको उनीहरुको भनाइ छ।

सामाजिक परिचालकहरुले पूर्ण सुविधा उपलब्ध गराइ अहिलेलाई कार्याल सहायकमा समायोजन गर्नुपर्ने, स्थानीय तहमा समायोजनपछि योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दीमार्फत स्थानीय तह कर्मचारीमा समावेश गरिनुपर्ने माग राखेका छन्। प्रदेश २ का आठ जिल्लाका सामाजिक परिचालकहरु २८ अषाढदेखि चरणवद्ध आन्दोलन गर्दै आइरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।