काठमाडौं-मलेसियामा जारी एसिया कप छनोटको दोस्रो खेल खेली रहेको नेपालका लागि ओपनर ब्याट्सम्यान सुवास खकुरेलले अर्धशतक पुरा गरेका छन् ।
उनले ९७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा ५० रन जोड्दै आउट भएका छन् । यतिखेर नेपाल संयुक्त अरब इमिरेट्स (युएई) ले दिएको २ सय ५५ को लक्ष्य पछ्याउने क्रममा छ । ३० ओभरको खेल सकिँदा सम्म नेपालले चार विकेट गुमाएर एक सय एक रन जोडेको छ ।
यतिखेर मैदानमा सुवासलाई मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले साथ दिइ रहेका छन् । ऐरी यतिखेर २१ रनमा खेली रहेका छन् ।
नेपालले चार रन जोड्दा पहिलो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाउन पुगेको थियो । त्यसपछि मैदान छिरेका कप्तान पारस खड्का पनि २० बल खेल्दै तीन चौकाको मद्दतमा १६ रन जोड्दै आउट हुन पुगे ।
८.३ ओभरमा ३३ रन जोड्दा दोस्रो विकेटको रुपमा पारस गुमे पछि मैदान प्रवेश गरेका सागर पुन तीन रनमा पेभिलियन फर्किए । उनले ओमनसँगको खेलमा नेपालका लागि सर्वाभिक ८३ रन जोडेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४