काठमाडौं–नेपालले एसिया कप छनोटको दोस्रो खेलमा २ सय ५५ को लक्ष्य पाएको छ । मलेसियामा जारी छनोटको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई संयुक्त अरब इमिरेट्स (युएई) ले ९ विकेटको क्षतिमा २ सय ५५ रनको लक्ष्य सुम्पेको हो ।
युएईका लागि ओपनर चिराग सुरीले अर्धशतक पुरा गरे । ९१ बल खेलेका चिगारले ७ चौका र १ छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । सन्दीपले १० ओभरमा २ मेडनसहित २४ रन खर्चेका थिए । ओमानसँगको खेलमा महंगो साबित भएका बसन्त रेग्मी र सोमापाल कामीले समान २/२ विकेट लिए ।
ओमानसँगको पहिलो खेल ७ विकेटले पराजित नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।
छनोटमा रहेका ६ टोली मध्येको विजेता यसै महिना शुरु हुने एसिया कपको लागि छनोट हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४