एजेन्सी–एर्भटन फरवार्ड रिचर्लिसनलाई ब्राजितले पहिलो पटक कल गर्दै सिनियर टिममा बोलाएको छ । उनलाई युनाईटेड स्टेड र एल सल्भाडोरसँगको मैत्रिपुर्ण खेलका लागि सिनियर टिममा बोलाइएको हो । २१ बर्षिय रिचर्लिसनले पेड्रोको स्थान लिने छन् ।
रिचर्लिसनले २०१५ मा अमेरिका माइनेइरो क्लबबाट सिरी–बी खेल्दै व्यवसाहिक फुटबल यात्रा शुरु गरेका थिए । त्यसपछि सिरी–ए खेल्दै हाल प्रिमियर लिग खेल्दै छन् । प्रिमियर लिगका दुई सिजन खेलेका उनले पहिलो सिजन वाटफेर्डबाट खेलेका थिए । उनी गत सिजन फुल्मिनेन्सबाट वाटफोर्ड पुगेका थिए । गत सिजन उनले वाटफोर्डबाट प्रिमियर लिगका ३८ खेल खेले । उनी यसै सिजन ५० मिलियन पाउण्डमा वाटफोर्डबाट एभर्टन भित्रिएका हुन् ।
उनले यस सिजनका दुई खेल खेल्दै तीन गोल गरिसकेका छन् । रिचर्लिसनले वोल्स विरुद्ध दुई गोल गरेका थिए भने साउथह्यमप्टन विरुद्ध एक गोल गरेका थिए । तर, २५ अगस्टमा बर्नमाउथ सँगको खेलमा रातो कार्ड खादै रिचर्लिसन मैदानबाट बाहिरिएका थिए । रिचर्लिसनले ब्राजिल यु–२० टिमबाट १० खेल खेल्दै तीन गोल गरि सकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४