एजेन्सी- इंग्ल्यान्डका जेमी भार्डि र ग्यारी काहिल अन्तराष्ट्रिय खेल जिवनबाट बाहिरिने भएका छन् । नयाँ खेलाडीहरुलाई अवसर दिने भन्दै खेलाडी द्धोयले अन्तराष्ट्रिय खेल जिवनबाट बाहिरिन लागेको बताएका हुन् । तर, खेलाडी द्धोयले अन्तराष्ट्रिय खेल जिवनबाट पुर्ण रुपमा नबाहिरिने बताएका छन् । यससँगै इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटलाई आफ्नो टिममा नयाँ खेलाडी भित्र्याउन सहज हुने छ ।
लेस्टिर सिटीका स्ट्राइकर भार्डिले राष्ट्रिय टिमका लागि २६ खेल खेलि सकेका छन् । २०१५ बाट आयरल्यान्ड विरुद्धको खेलबाट डेव्यु गरेका उनले एक मात्र रसिया विश्वकप खेलेका छन । ३१ बर्षिय भार्डिले यसबारेमा केहि समय पहिले देखि सोचिरहेको बताएका छन ।
‘रुस विश्वकपमा युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । म अब युवा खेलाडी बन्न सक्दैन । किनकी मेरो उमेर ढल्दै गहिरहेको छ’ उनले भने, ‘राष्ट्रिय टिमलाई आवश्यक परेको खण्डमा पुन छिममा पर्किने बताएका छन् ।’ भाडिले रुस विश्वकपमा चारवटा खेल खेले । उक्त विश्वकपमा इंग्ल्यान्डले सेमिफाइनल सम्मको यात्रा तयगरेको थियो ।
त्यस्तै २०१० मा राष्ट्रिय टिममा डेव्यु गरेका ३२ बर्षिय चेल्सि डिफेन्डर काहिलले ६१ खेल खेल्दै ५ गोल गरेका छन् । उनले रुस विश्वकपको समूह चरणमा बेल्जियमसँगको एक मात्र खेल खेलेका थिए ।
‘मैले देखि रहेको छु । अहिले नयाँ युवा खेलाडीहरु राम्रा छन् र मेरा लागि राष्ट्रिय टिमबाट अलगिने यो राम्रो समय हो ।’ काहिलले भने, ‘राष्ट्रिय टिमका लागि खेल्न पाउनु मेरा लागी एक सम्मानको बिषय हो र म कहिलै राष्ट्रिय टिमका लागि ढोका बन्द गर्ने छैन् । किनकी टिमलाई समस्य परेको बेला जुन सुकै अवस्थामा पनि टिमका लागि फर्किने छु ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४