शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जनकपुर उपमहानगरपालिका: ठेक्केदारले पैसा उठाउने, नगर प्रहरीले सामान खोस्ने

जनकपुर उपमहानगरपालिका: ठेक्केदारले पैसा उठाउने, नगर प्रहरीले सामान खोस्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- जनकपुर उपमहानगरपालिका कार्यालयले देखाएको दोहोरो चरित्र र व्यवहारका कारण खुल्ला स्थानमा व्यापार गर्ने साधारण व्यापारीहरु समस्यामा परेका छन्।

उपमहानगरपालिका कार्यालयले लगाएको हाटबजार ठेक्का वापत ठेक्केदारले एकतर्फ व्यापारीहरुबाट पैसा असुल्ने गरिरहेको छ भने अर्कोतर्फ नगर प्रहरीले समान खोस्ने गरेको छ।

मंगलबार जनकपुरको भानु चोकस्थित फुटपाथमा फलफूल व्यवसाय गरिरहेका एक व्यवसायीले यस्तै समस्या भोग्नु परेको छ। ठेला लगाएर फलफूल व्यवसाय गर्दै आइरहेका दिपककुमार साहसँग ठेक्केदारका मानिसले पैसा असुल गरेका छन् भने नगर प्रहरीले सामान खोसेर लगेका छन्।

दिपकले भने,‘व्यवसाय गरे वापत ठेक्केदारलाई हामी दैनिक साठ्ठी रुपैयाँ बुझाउने गरेका छौँ। तर, नगरप्रहरीले दुव्र्यवहार गर्नुका साथै सामान पनि उठाएर लगि दिन्छ।’
 
बजार हाट ठेक्का टुटि सकेको दाबी गर्दै उनले ठेक्केदारले जर्बजस्ती पैसा असुल्ने गरेको बताए। सोमबारमात्र नगर प्रहरीले आफ्नो र अन्य व्यवसायीको ठेलाबाट साढे सात भन्दा बढी केरा र स्याउ उठाएर लगेको दिपकले बताए। व्यवसाय गरे वापत उपमहानगरपालिकाले कर उठाएपछि नगर प्रहरीले सामान खोसेर लानु दोहरो चरित्र प्रदर्शन गरेको उनको भनाइ थियो।

पछिल्लो केहिदिन यता ट्राफिक समस्या समाधानगर्न उपमहानगरपालिकाले फुथपाथ व्यवस्थापन कार्य अगाडी बढाएको छ। फुटपाथमा व्यवसाय नै गर्न नपाइए उपमहानगरपािलकाले कर पनि उठाउन नहुने व्यवसायीहरुको भनाइ छ।

यता, उपमहानगरपालिकाका कर अधिकृतले हाटबजार ठेक्का यथावत रहेपनि सडक छेउमा व्यवसायमा रोक लगाइएको प्रतिक्रिया दिए। फुटपाथ व्यवसाय पूर्ण रुपले व्यवस्थित हुन नसकेको भन्दै झाले आफूहरु यसतर्फ छिट्टै ठोस निर्णय गर्ने बताए। 

उपमहानगरपालिका कार्यालयको द्ेयेध नीतिको चपेटामा परेका साना व्यवसायीहरुले पैसा असुल्न आएका ठेकेदारका मानिसलाई नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका छन् । साथै उनीहरुले कारबाहीको माग गर्दै रेलवे स्टेशन प्रहरी चौकीमा निवेदनसमेत दिएको व्यवसायी दिपकले बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।